Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बाजुरा

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन । सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि जिल्लाका केही बस्तीका नागरिकले अझै सडक सुविधाबाट वञ्चित हुनुपरेको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ८, शनिबार (१ घण्टा अघि)
बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा, ७ कात्तिकः जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन । सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि जिल्लाका केही बस्तीका नागरिकले अझै सडक सुविधाबाट वञ्चित हुनुपरेको छ ।

सडकको पहुँच नहुँदा स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन, कृषि उत्पादन बजारसम्म लैजान समस्या हुनुका साथै दैनिक जीवनयापन समेत प्रभावित हुने गरेको छ । देशमा सङ्घीयता आयो, गाउँ–गाउँमा सिंहदरबार पुग्यो भने पनि यहाँका चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर छन् । सडक सञ्जाल नपुगेका वडाका नागरिकहरुका लागि सामान्य कामका लागि पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता कायमै छ ।

हिमाली गाउँपालिका जिल्लामै क्षेत्रफलका हिसाबले सबैभन्दा ठुलो स्थानीय तह हो । चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ स्थानीय तह रहेको यस जिल्लाको कूल क्षेत्रफल दुई हजार १८८ वर्ग किलोमिटर छ । जसमा हिमाली गाउँपालिकाको मात्रै ८३० वर्ग किलोमिटर क्षेत्रफल रहेको छ । भौगोलिक विकटताका कारण त्यहाँ अन्य पालिकाको तुलनामा विकास निर्माणका गतिविधि गर्न निकै असहज छ ।

हिमाली –२ र ३ हालसम्म पनि सडक सञ्जालको पहुँचमा जोडिएका छैनन् । ती वडाका नागरिकहरुले पालिकाको केन्द्र धुलाचौर पुग्नै करिब दुई–तीन दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय धनबहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार एउटा गाउँबाट अर्को गाउँ जान एकदिनभन्दा बढी समय लाग्छ भने खाद्यान्नलगायतका सामग्री बोकेर वा खच्चडमार्फत ढुवानी गर्नुपर्ने हुन्छ । “सञ्चार र सडकबाट पूर्णरुपमा वञ्चित छौ, अरु विकास त टाढाको विषय हो”, हिमाली–३ का वडाध्यक्ष मङ्गलबहादुर बुढाले भन्नुभयो, “सडक नहुँदा जहाँ पुग्न पनि हिँड्नुपर्छ, मान्छे होस् या बिरामी पिठ्युँमै बोक्नुपर्छ ।”

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले आफ्नो पहिलो कार्यकालमा पालिकाका कुनै पनि वडामा सडक सञ्जाल नपुगेको बताउनुहुँदै सीमित स्रोत–साधन, भौगोलिक विकटता र सङ्घ–प्रदेश सरकारको उपेक्षाका कारण विकास निर्माणमा समस्या भएरहेको बताउनुभयो । “अघिल्लो कार्यकालमा कतै पनि सडक पुगेको थिएन, भौगोलिक रुपमा विकट छ, हाम्रो स्रोतले भ्याउँदैन”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेश सरकारबाट सडक निर्माणका लागि ठुलो बजेट नआउँदा अहिलेसम्म दुई वडामा सडक सञ्जाल जोड्न सकिएन ।” अध्यक्ष मल्लका अनुसार सर्वाधिक विकट साविकको बिच्छ्या क्षेत्रको वडा नम्बर १ मा भर्खरै सडक पुगेको छ भने बाँकी २ र ३ मा पनि यसै वर्ष पुगाउने लक्ष्य राखिएको छ । हालसम्म सडक सञ्जाल नपुगेका वडा नम्बर २ का लागि रु एक करोड ५० लाख र ३ का लागि रु एक करोड ९० लाख बजेट विनियोजन गरिएको भन्दै अबलगत्तै ठेक्का प्रक्रिया अघि बढाएर निर्माण कार्य सुरु गरिने गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभएको छ ।

यस्तै, हालसम्म सडक सञ्जाल नजोडिएको अर्को वडा गौमुल गाउँपालिका–१ अम्लिस हो । भौगोलिक रुपमा निकै विकट रहेको उक्त वडामा सडक अभावका कारण स्थानीय बासिन्दाले स्वास्थ्य उपचार, खाद्यान्न ढुवानी र दैनिक उपभोग्य सामग्रीका लागि खच्चड वा मानिसले नै भारी बोक्नुपर्ने बाध्यता छ ।

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले उक्त वडामा सडक पु¥याउन दुई वर्ष पहिले रु एक करोड ५० लाखमा ठेक्का सम्झौता गरे पनि निर्माण कार्यको जिम्मा लिएको ठेकेदार कम्पनीले काम सुरु नगरेको बताउनुभयो । उहाँले नियमानुसार पटकपटक म्याद थप गरेर काम सुरु गर्न ताकेता गर्दा पनि चासो नराखेको भन्दै अब आगामी मङ्सिर मसान्तसम्म अन्तिम समय दिएको र काम नगरे ठेक्का रद्द प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

त्यसैगरी, त्रिवेणी नगरपालिका वडा नम्बर ५ किम्नीमा पनि अहिलेसम्म सडक पहुँच पुगेको छैन् । किम्नी नगरपालिकाका अन्य वडाभन्दा भौगोलिक रुपमा विकट छ । “सङ्घीयतापछि हामीले दुई–दुई पटक भोट दिएर स्थानीय सरकारका साथै सङ्घ र प्रदेशमा सांसद जिताएर पठायौँ, किम्नीमा पटकपटक नेताहरु भोट माग्न पुगे, सडक पुगाउँछौँ, विकास गर्छौं भनेर आश्वासन दिए”, स्थानीय तुली बुढाले भन्नुभयो, “अहिलेसम्म न सडक पुग्यो नत गाडी चढ्ने सपना पूरा भयो ।”

गाउँ सडक सञ्जालमा नजोडिँदा दैनिक जनजीवन बिताउन पनि निकै चुनौतीपूर्ण बनिरहेको स्थानीयहरु बताउनुहुन्छ । किम्नीवासीलाई नगरपालिकामा सेवा लिनसमेत घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ स्थानीय भरत बुढाले बताउनुभयो । त्रिवेणी नगरपालिका प्रवक्ता मीनबहादुर भण्डारीले उक्त वडामा सडक पु¥याउन दुई–तीन ठाउँबाट सडकको ट्रयाक खोलेको भए पनि पर्याप्त बजेट नहुँदा समस्या भएको बताउनुभएको छ ।

सडक पूर्वाधारको अभावले स्थानीय नागरिकको सहज आवतजावत, स्वास्थ्य सेवामा पहुँच, कृषि उत्पादनको बजारीकरण तथा समग्र आर्थिक गतिविधिमा असर परेको छ । जिल्लाका सबै बस्तीलाई सडक सञ्जालसँग जोड्न स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीच समन्वय र सहकार्य आवश्यक देखिन्छ । पर्याप्त बजेट विनियोजनसँगै निर्माणाधीन सडकको नियमित अनुगमन र ठेक्का सम्झौताअनुसार काम सम्पन्न गराउन सके मात्रै सडक पहुँचबाट वञ्चित नागरिकको समस्या समाधान गर्न सकिने देखिन्छ । यस जिल्लामा विशेषगरी विकास निर्माणका आयोजनामा ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले काम नगर्दा अलपत्र पर्ने समस्या व्याप्त छ । जिल्लाका ग्रामीण सडकसँगै सुदूरपश्चिम प्रदेश सरकारका दुई सडकमा काम नहुँदा अपेक्षित प्रगति हुन सकेको छैन ।

पूर्वाधार विकास कार्यालय अछामका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा सडक स्तरोन्नति तथा कालोपत्रका लागि छुट्याइएको बजेट निर्माण कम्पनीले समयमै काम नगर्दा खर्च हुन नसकी फिर्ता गएको हो । मार्तडी–कोल्टी सडकमा रु २० करोड र खप्तड–गैरीखाद–आटीचौर हुँदै मार्तडी जोड्ने सडकमा रु १३ करोड ५० लाख बजेट फिर्ता भएको थियो ।

मार्तडी–कोल्टी सडक निर्माणको जिम्मा पीएस बानियाँ निर्माण सेवाले लिएको छ भने खप्तड–गैरीखाद–आटीचौर हुँदै मार्तडी जोड्ने सडकको क एस एम के बि सी÷तेज जेभी, धनगढी कैलालीले पाएको छ ।

  • अछाम
  • कैलाली
  • बाजुरा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • बेनी–दरवाङ–मुना सडक पुनःर्निर्माण गर्न करिब रु. नौ करोड लाग्ने अनुमान

    बेनी–दरवाङ–मुना सडक पुनःर्निर्माण गर्न करिब रु. नौ करोड लाग्ने अनुमान

  • Post Thumbnail

    सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास

  • हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

    हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

  • दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

    दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

    Post Thumbnail

    औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

    Post Thumbnail

    असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्युु

    बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

    बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution