Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

दसैँले छोएन माझठानालाई, शोकमा डुब्यो गाउँ

वर्षमा एकपटक आउने दसैँमा सबैका घरमा टीका र जमराको रौनक छाउँछ। आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैँका विशेषता हुन्।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ६, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

कास्की, ५ कात्तिक : वर्षमा एकपटक आउने दसैँमा सबैका घरमा टीका र जमराको रौनक छाउँछ। आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैँका विशेषता हुन्।

तर, यस वर्ष पोखरा महानगरपालिका–२८ स्थित माझठानामा दसैँले खुसी ल्याउन सकेन। न घरघरमा टीका लाग्यो, न गाउँमा लिङ्गे पिङको रौनक देखियो। असोज २३ गते बिहान भएको स्कुल बस दुर्घटनाले गाउँलाई शोकमा डुबायो ।

दुर्घटनामा गम्भीर घाइते भएकी १६ वर्षीया अस्मि कँडेलको टीकाको अघिल्लो दिन उपचारका क्रममा काठमाडौँमा मृत्यु भयो। टीकाकै दिन उनको शव घर ल्याइपुर्‍याउँदा गाउँको पीडा झन् गहिरियो। घटस्थापनाको दुई दिनअघि भएको उक्त दुर्घटनाले माझठानावासीलाई स्तब्ध बनाएको थियो। सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेभीरमा दुर्घटना हुँदा छ जनाले ज्यान गुमाएका थिए भने १३ जना विद्यार्थी घाइते भएका थिए। आफ्ना सन्तान तथा आफन्त गुमाउनुपरेको पीडा र घाइते बालबालिकाको अवस्थाका कारण गाउँलेलाई यस वर्ष दसैँ मनाउन मन लागेन।

पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार गाउँका सबै टोलले सामूहिक निर्णय गरी यस वर्ष दसैँको टीका नलगाउने निर्णय गरेका थिए। दुर्घटनामा घाइते भएर उपचार गराइरहेकी विद्यार्थीको शव टीकाकै दिन घर ल्याइपुर्‍याउँदा गाउँमा थप सन्नाटा छाएको उहाँले बताउनुभयो।

“यस्तो कहालीलाग्दो घटना यसअघि कहिल्यै भएको थिएन। चाडपर्वको मुखमा भएको दुःखद घटनाले कसैलाई पनि दसैँ मनाउने मन भएन। कसैले आफ्ना बालबालिका गुमाउनुपरेको छ भने कतिपय टोलका बालबालिका दुर्घटनामा घाइते भएका छन्। यस्तो पीडाको अवस्थामा गाउँलेले टीका मात्र नलगाउने निर्णय गरेनन्, टोलटोलमा राखिने लिङ्गे पिङ पनि राखिएनन् र शुभकामना आदानप्रदानका कुनै कार्यक्रम भएनन्,” वडाध्यक्ष लामिछानेले भन्नुभयो।

दसैँका दिन सधैँ चहलपहल हुने राखी–मिजुरे सडकसमेत यसपटक सुनसान रह्यो। विगतका वर्षमा दसैँको टीका लगाउन र आफन्त भेट्न आउनेजानेको भीड लाग्ने माझठानामा यस वर्ष न पर्वको उमङ्ग देखियो, न उत्सवको चहलपहल। गाउँका सडकदेखि बस्तीसमेत सुनसान बने।

  • काठमाडौँ
  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

  • Post Thumbnail

    फरार कैदीबन्दी चन्द्र दमाई केसी पक्राउ

  • Post Thumbnail

    हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

  • थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न

    थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पाटनको अष्टमातृका नाच सम्पन्न

    Post Thumbnail

    मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    Post Thumbnail

    दसैँले छोएन माझठानालाई, शोकमा डुब्यो गाउँ

    Post Thumbnail

    फरार कैदीबन्दी चन्द्र दमाई केसी पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution