Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भक्तपुर

थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न

मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा आज सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा राखी सुरु भएको थियो ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ६, बिहिबार (१ घण्टा अघि)
थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न

भक्तपुर, ५ कात्तिक : मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा आज सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा राखी सुरु भएको थियो ।

कुभिण्डो जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याइ तलेजुस्थित दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ ।

नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको पमा नाइके श्यामकाजी पमा श्रेष्ठले बताउनुभयो ।

एकादशीका दिन आज तीन जना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहित संलग्नतामा जात्रा मनाइएको उहाँले बताउनुभयो ।

बाजागाजासहित लायकुबाट ल्याइएको कुभिण्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गरी थकाली पमा नाइके श्रेष्ठले कुभिण्डो काटेपछि त्यसलाई खोसेर लैजानेको भीड लागेको थियो । कुभिण्डोको टुक्रा टिपेर लानसक्नेको घरमा सुखशान्ति हुने र औषधिका रुपमा प्रयोग गर्न सकिने जनविश्वास रहिआएको छ ।

 

  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

  • धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

    धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

  • म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

    म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

  • Post Thumbnail

    मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

    Post Thumbnail

    हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

    Post Thumbnail

    नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

    पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल

    पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution