Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दलभित्रै छैन अनुशासन !(सम्पादकीय)

प्रत्यूष ९५१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार (४ साल अघि)
दलभित्रै छैन अनुशासन !(सम्पादकीय)

धादिङ,१९ जेठ।
स्थानीय सदस्यको निर्वाचन सम्पन्न भएपनि हाल स्थानीय तह कार्यपालिकाको निर्वाचन चलिरहेको छ ।

स्थानीय तहका सदस्यको निर्वाचनमा राजनीतिक दलहरुविचमा एक प्रकारको सहमतिका साथ गठबन्धन गरेर निर्वाचन गरिएको भएपनि हाल कार्यपालिकाको निर्वाचनको क्रममा भने विगतको तुलनामा फरक खालको परिणामहरु निस्किरहेका छन् । स्थानीय तहको निर्वाचनको परिणाम निकाल्न राजनितिक दलहरुले जुन प्रकारको गृहकार्य गरिरहेका थिए ।

सदस्य निर्वाचन पछि पूर्वावस्थाको जस्तो गृहकार्य गरिरहेको पाइएको छैन । केही स्थानीय तहमा कार्यपालिका सदस्यमा मतदानको क्रममा मत क्रम हुने सम्भावनाका कारण निर्वाचित सदस्यहरुलाई दलको निगरानीमा राखिएको भए पनि कार्यपालिका निर्वाचनको क्रममा मत क्रम भैरहेको पाइएको छ । यसले सबैजसो राजनीतिक दलहरुले आफ्नो माउ पार्टीको निर्णय समेत नमान्ने अवस्था सृजना भएको अनुमान गर्न सकिन्छ । अराजकताले दलहरुमा अहित गर्ने कुरामा कसैसँग विमती छैन ।

अहिलेसम्मको स्थितिलाई हेर्ने हो भने धेरैजसो स्थानीय निकायका सदस्यहरुले आ–आफ्नै शैलीमा आफ्नै आवश्यकताको आधारमा तालमेल गरेर निर्वाचनमा सहभागी भएको पाइएको छ ।

अहिले कार्यपालिकाको निर्वाचनमा धेरैजसो निर्वाचित सदस्यहरुले दलको कुरा नसुनेर आफ्नै तरिकाले चल्नुले दलहरु प्रति आफ्नै सदस्यहरुको समेत विमति रहेको वा दलको निर्णय आफ्नै कार्यकर्ताहरु सम्मले पनि नमानेको बुझ्न सकिन्छ । जुन पछिल्लो समय स्थानीय तहको कार्यपालिकाको निर्वाचन प्रक्रिया पछिको मत परिणामले देखाउँदैछ ।

अहिले राजनीतिक दलहरुप्रति एक आपसमै एकले अर्कालाई अविश्वास गर्ने प्रचलन बढेको छ । केही नेता कार्यकर्ताप्रति शंका लागे सामाजिक सञ्जालहरुबाट छरपष्ट पारिदिने र एकले अर्कालाई खुइल्याउने काम गर्ने, एकले अर्कालाई तुच्छ शैलीको भाषाहरु प्रयोग गरेर खुइल्याउने र आफुमात्र अव्वल वा पार्टीप्रति इमान्दार देखाउन अनेक खालका हर्कतहरु गर्ने गरेका कारण पनि एउटै पार्टी कमिटीबाट निर्वाचित भएकाहरुमै एक अर्कामा अविश्वास पैदा हुने र अन्ततः निर्णायक ठाउँहरुमा हुने मतदानमा एक अर्काविचमा मत क्रस गर्ने खालको प्रवृत्ति बढेको छ ।

यो सिंगो राजनीतिक दलहरुलाई चुनौतीको विषय हो । दलको तर्फबाट निर्वाचित भएकाहरुको बहुमत हुँदा हुँदै भोटिङको क्रममा मत क्रस हुने र अल्पमतमा रहेको राजनीतिक दलका नेता कार्यकर्ताले धेरै मत ल्याउने जस्तो जुन खालको गतिविधिहरु देखिएको छ यसको आन्तरिक व्यवस्थापनमा दलहरुले ध्यान दिन सक्लान् ? कि यो प्रवृत्ति बढेर जाने स्थिति छ ? यसमा दलका शिर्षस्थ नेतृत्वबाटै ध्यान दिन जरुरी छ नत्र, आगामी निर्वाचनमा दलका नेता कार्यकर्ताहरुले कहाँ मत देलान् अनुमान गर्न गाह्रो हुन्छ ।

अहिले राजनीतिक दलहरुले मेरो पार्टीमा सदस्यता यति छ यति भोट आउँछ भनेर जसरी भाषण गरिरहेका छन् यसको पनि अन्त्य हुने धेरै दिन नलाग्न सक्छ। यसर्थ सकेसम्म आफ्नो दलमा आवद्धता संख्या कति छ दलकै निर्णयानुसार चल्न मत जाहेर गर्न र नीति सिद्धान्त र अदर्श तथा दर्शनलाई आत्मसाथ गर्न सक्ने गरी दिशा निर्देश गर्न जरुरी छ ।

अहिलेकै स्थिति रहिरहे दलहरुमै भद्रगोलता निम्तन सक्छ,यसले विस्तारै दलभित्र रहेको प्रतिबद्ध कार्यकर्तासम्म रोगकै रुपमा विकास हुन सक्छ यो अबस्था दलहरुले विघटनसम्मको बाटोसम्म अंगाल्नुपर्ने स्थिति पनि आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution