
काठमाडौँ, १ कात्तिक ः सिन्धुलीको फिक्कल गाउँपालिका –६ स्थित नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको ‘टाटा सुमो’ गति अनियन्त्रित भई आज विहान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा सुमोका चालकसहित तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सो सवारी साधानमा १० जना यात्रु रहेका जनाइएको छ ।
तीन जना बेपत्ता र चार जनाको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य सस्था घुर्मीतर्फ पठाइएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस खुर्कोटबाट नौ जना गोताखोरसहित १० जना, अस्थायी मनसुन बेस हर्कपुर ओखलढुङ्गाबाट १० जना र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |