Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको आग्रह

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाड पर्वका अवसरमा हुन सक्ने चोरी, ठगी, लुटपाट र अन्य आपराधिक गतिविधिबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ ।‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने सन्देशसहित प्रहरीले सबैलाई आपसी सद्भाव कायम राख्दै जिम्मेवार र सुरक्षित तरिकाले चाडपर्व मनाउन अनुरोध गरेको हो ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

कास्की, १ कात्तिक : गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाड पर्वका अवसरमा हुन सक्ने चोरी, ठगी, लुटपाट र अन्य आपराधिक गतिविधिबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ ।‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने सन्देशसहित प्रहरीले सबैलाई आपसी सद्भाव कायम राख्दै जिम्मेवार र सुरक्षित तरिकाले चाडपर्व मनाउन अनुरोध गरेको हो ।

चाडपर्वका बेला घर छाडेर बाहिर जाने, बजारमा किनमेल गर्ने तथा सार्वजनिक स्थानमा भीडभाड बढ्ने भएकाले सुरक्षा सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको हो ।गण्डकी प्रदेश प्रहरी कार्यालयले चाडपर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन सार्वजनिक अपिल जारी गर्दै घर छाडेर बाहिर जाँदा झ्यालढोका राम्रोसँग बन्द गर्न, छिमेकीलाई निगरानीका लागि अनुरोध गर्न तथा घर र टोलको सुरक्षाका लागि सीसीटीभी र आपत्कालीन साइरनजस्ता सुरक्षा उपाय अपनाउन सुझाव दिएको छ ।

प्रहरीले मेलापर्व तथा भीडभाड हुने स्थानमा गरगहना, मोबाइल र नगद चोरी हुन सक्ने भन्दै आफ्ना सामानको सुरक्षा गर्न र पाकेटमारीबाट जोगिन आग्रह गरेको छ । रातको समयमा घरबाहिरको बत्ती बाल्ने तथा झ्यालढोका राम्ररी बन्द गरेर मात्र सुत्न पनि अनुरोध गरिएको छ । दियो, मैनबत्ती तथा अन्य आगोका स्रोत बालेर छाड्दा आगलागी हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन प्रहरीले सचेत गराएको छ ।

त्यस्तै, बैंकको चेक, एटीएम कार्ड र ओटीपी कोड अरूलाई प्रयोग गर्न नदिन, यात्राका क्रममा अपरिचित व्यक्तिसँग अनावश्यक घुलमिल नगर्न तथा उनीहरूले दिएको खानेकुरा नखान पनि प्रहरीले आग्रह गरेको छ । सुन तथा डलर साट्ने नाममा हुन सक्ने ठगीबाट जोगिन र चाडपर्वको नाममा जुवा, तास खेल्ने तथा खेलाउने गतिविधिबाट टाढा रहन पनि अपिलमा उल्लेख छ । प्रहरीले पटका, भुइँचम्पा, आतिसबाजीलगायत विस्फोटक पदार्थको प्रयोगले मानवीय, भौतिक तथा वातावरणीय क्षति पु¥याउन सक्ने भन्दै यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ ।

चर्को आवाजमा लाउडस्पिकर बजाएर ध्वनि प्रदूषण नगर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन तथा क्षमताभन्दा बढी यात्रु र मालसामान नबोक्न पनि सचेत गराइएको छ । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने, उच्छृङ्खल गतिविधि गर्ने तथा चन्दा, भेटी वा अन्य सहयोगका नाममा अनिच्छित रकम माग्ने काम नगर्न पनि प्रहरीले आग्रह गरेको छ । कुनै समस्या परेमा नेपाल प्रहरीको सम्पर्क नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

  • कास्की
  • नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’

  • Post Thumbnail

    सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, चारजना घाइते

  • Post Thumbnail

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

  • लमजुङ कालिका मन्दिरमा नगरा बजाउँदै परियार समुदाय

    लमजुङ कालिका मन्दिरमा नगरा बजाउँदै परियार समुदाय

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब रु आठ लाख सहयोग

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    Post Thumbnail

    गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’

    Post Thumbnail

    सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, चारजना घाइते

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution