Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

म्याग्दी, ३१ असोज : असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ ।

विपद्का समयमा आकस्मिक रूपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण थालिएको छ । प्रसारण लाइनका तीन वटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित १७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको छैन । अवरुद्ध विद्युत् आपूर्ति सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रिड महाशाखा र यस क्षेत्रमा सञ्चालनमा रहेमा जलविद्युत आयोजनाहरूको सहयोगमा अस्थायी टावर निर्माण र तार तान्ने काम अन्तिम चरणमा पुगेको प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीले बताउनुभयो ।

“क्षतिग्रस्त भएका तीन वटा टावरको सट्टामा क्यानाडा प्रविधिको एक वटा अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “बेनी–जोमसोम सडकको भीरकाटे खण्डदेखि पारी रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाको औलमा टावर निर्माणका साथै तार तान्ने काम अन्तिम चरणमा छ ।”

कालीगण्डकी वेसिनमा रहेका जलविद्युत् आयोजना र महाशाखाका गरी २० जनाभन्दा बढी इञ्जिनियर, त्यति नै सङ्ख्यामा प्राविधिक र ५० जनाभन्दा बढी मजदुरहरू दैनिक रूपमा परिचालन गरेर टावर निर्माण र तार तान्ने काम धमाधम भइरहेको छ । तत्कालका लागि अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्ने र क्षतिग्रस्त टावरको पुनःनिर्माणको प्रक्रिया सँगसँगै अगाडि बढाउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रसारणलाइनको टावरमा क्षति पुगेपछि म्याग्दी र मुस्ताङमा सञ्चालन भएका सात वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । दाना–खुर्कोट प्रसारणलाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ती गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२, ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना र मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।

प्रसारणलाइन र टावरमा क्षति पुगेपछि राहुघाटको स्विचयार्ड देखि माथि दाना सम्मको प्रशारण लाइन बन्द हुनपुगेको छ ।

  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

    सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

  • मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

  • Post Thumbnail

    आरुघाटमा बेलीब्रिज जडान गरिँदै

  • Post Thumbnail

    बाढीले सडक र पुल बगाएपछि स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

    Post Thumbnail

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    Post Thumbnail

    ‘बडादसैँले आपसी सद्भाव, भ्रातृत्व र सामाजिक एकता सुदृढ गर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution