Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

ललितपुर, ३१ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित पार्टी सभापतिको शपथपछि सम्बोधन गर्दै उहाँले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउने बताउनुभयो ।

“आगामी चार वर्षमा पार्टीका आन्तरिक गतिविधिभन्दा नागरिकका मुद्दा र समस्यालाई प्राथमिकता दिने छौँ, कांग्रेसलाई आजको नेपाली समाजका प्रश्नको जवाफ दिनसक्ने वैचारिक नेतृत्वका रूपमा अघि बढाउने, सङ्गठनलाई आधुनिक बनाउने छौँ, युवादेखि किसानसम्मलाई सामाजिक आन्दोलनमा जोड्ने योजना छ, पार्टीभित्र सहमत र असहमत सबै पक्षलाई समेटेर अघि बढ्ने तथा नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु”, उहाँले भन्नुभयो ।

सभापतिको पद अधिकार नभई जिम्मेवारी भएको उल्लेख गर्दै आफूबाट गल्ती भए त्यसको भार पार्टीले बोक्न नहुने उहाँको भनाइ छ । उहाँले व्यक्तिका कमजोरीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने स्पष्ट पार्नुभयो ।

हालैको प्राकृतिक विपत्तिका कारण धेरै परिवार शोक र अभावमा रहेकाले यस वर्ष दसैँलाई तडकभडक पूर्ण रूपमा नमनाउने कांग्रेसको निर्णय रहेको उहाँले जानकारी दिनुभयो । विपत्तिबाट प्रभावित तथा आफन्त गुमाएका परिवारसँग जोडिएर चाड मनाउन र सामाजिक सद्भाव कायम राख्न उहाँले पार्टीका नेताकार्यकर्ता तथा आमनागरिकलाई आग्रह गर्नुभयो ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले छोटो समयमा तय भएको कार्यतालिकाका आधारमा पनि निर्वाचन सम्पन्न भएको भन्दै नेपाली कांग्रेसको इतिहासमा नै १६५ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएर केन्द्रीय महाधिवेशन हुन सफल भएको जानकारी गराउनुभयो ।

उहाँले नवनिर्वाचित सभापति थापालाई देशमा बढ्दै गएको राजनीति अनुशासनहीनतालाई सही दिशामा ल्याउन, सार्वभौम सत्ताको संरक्षणमा लाग्न, सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण र मानव अधिकारको रक्षा गर्न सक्षम हुनेगरी अगाडि बढ्न आग्रह गर्नुभयो ।

  • नेपाली कांग्रेस
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    ‘बडादसैँले आपसी सद्भाव, भ्रातृत्व र सामाजिक एकता सुदृढ गर्छ’

  • Post Thumbnail

    नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार होः रास्वपा

  • Post Thumbnail

    बडादसैँले राष्ट्रिय एकता र सद्भाव बढाउने

  • Post Thumbnail

    ‘विजयादशमीले सद्भाव र एकताको सन्देश दिन्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विपद् प्रभावित क्षेत्रमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

    Post Thumbnail

    पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

    Post Thumbnail

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution