Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गोरखा

आरुघाटमा बेलीब्रिज जडान गरिँदै

नेपाली सेना र गोरखा सडक योजनाले धमाधम संयुक्त रुपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरुआत गरेका छन् ।
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

गोरखा, ३० असोज ः नेपाली सेना र गोरखा सडक योजनाले धमाधम संयुक्त रुपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरुआत गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही भाग बगाएको थियो । दसैँअघि नैअस्थायी यातायात सेवा सुचारु गर्न बेलीब्रिज निर्माण गर्न थालिएको हो । गोरखा र धादिङ जोड्ने सो पुललाई दसैँअघि नै सञ्चालन गर्नेगरी बेलीब्रिज को काम भइरहेको गोरखा सडक योजना कार्यालयले जनाएको छ ।

आरुघाटको मोटरेबल पुल बाढीले बगाएपछि आरुघाट बजार र पृथ्वीराजमार्ग बीच आवागमन अवरुद्ध भएको थियो । सो सडकमा सवारी साधन नचल्दा दसैका बेला उत्तरी गोरखा आवतजावत प्रभावित बनेको थियो ।

पुलजीप लगायत प्राविधिक काम गोरखा सडक योजना कार्यालय र बेलीब्रिजको डेक जोड्ने काम नेपाली सेनाले गरेको हो । “आजसम्म हामी पुलको दुवैतर्फको जीप तयार गरिसक्छौँ । भोलिदेखि नेपाली सेनाले डेक सेटिङको काम सुरुआत गर्छन्”, गोरखा सडक योजना कार्यालयका प्रमुख विनोद पुनले भन्नुभयो, “सेनाले दुई दिनमा काम सम्पन्न गर्छौँ भनेको छ । दशैँअघि नै त्यहाँ गाडी चल्छ । ”

गत आइतबार बूढीगण्डकीको सहायक खोला उङ्गिलुङ पहिरोले थुनिएर एक्कासी आएको बाढीले धादिङ र गोरखा जोड्ने सो पुलको गोरखातर्फको भाग बगाएको थियो । “बगेको भागमा तत्काल सवारी चलाउन अहिले २२ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको बेलिब्रिज जोडिन्छ”, कार्यालय प्रमुख पुनले भन्नुभयो, “दसैँअघि सवारी सञ्चलन गर्न मिल्ने गरी रातदिन नभनी काम भइरहेको छ । ” राती पनि काम नरोकिएको उहाँले बताउनुभयो । उत्तरी गोरखाको आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकालाई पृथ्वीराजमार्गसंग जोड्ने सो पुल २०७० सालमा निर्माण भएको हो ।

  • गोरखा
  • धादिङ
  • नेपाली सेना
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    बाढीले सडक र पुल बगाएपछि स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै

  • Post Thumbnail

    कोप–३१ मा नेपालले परराष्ट्रमन्त्री खनालको नेतृत्वमा सहभागिता जनाउने

  • आलेखः दसैँले बाँचेका गुणबहादुरहरू

    आलेखः दसैँले बाँचेका गुणबहादुरहरू

  • विचार : दसैँ : आत्मजागरण र धर्मविजय

    विचार : दसैँ : आत्मजागरण र धर्मविजय

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर

    Post Thumbnail

    जग्गा भाडामा लिएर सयपत्री खेती

    Post Thumbnail

    भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

    Post Thumbnail

    आरुघाटमा बेलीब्रिज जडान गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution