Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

पच्चिस बालबालिकाको उद्धार

भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ३० असोजः भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ ।

वनबासबाट भारतीय सीमासुरक्षा बल (एसएसबी) ले उनीहरुको उद्धार गरेको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै उद्धार गरिएका बालबालिकाको उमेर ६ वर्षदेखि १६ वर्षसम्मका छन् ।

हुम्ला जिल्ला सिमकोट गाउँपालिकाका २४ जना र अछाम जिल्लाको एक जना गरी जम्मा २५ (बालक १६ र बालिका ९) लाई पढाइ दिने भन्दै भारतको देहरादुनतर्फ लैजाँदै गरेको अवस्थामा भेटिएको उल्लेख छ ।

उनीहरुलाई भारतीय सीमा सुरक्षा बलले रोकेर नेपाल प्रहरीको जिम्मा लगाएको बताइन्छ । नेपालको संविधानको धारा ३९ को उपधारा (५) ले बालबालिकालाई गैरकानूनी ओसारपसार गर्न नपाइने मौलिक हकको संवैधानिक व्यवस्था छ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा (४) को उपदफा (२) को खण्ड (ख) मा अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी वा शक्तिको दुरुपयोग गरी विदेशमा लैजाने वा अरु कसैलाई दिने कार्यलाई मानव ओसारपसार गरेको मानिन्छ ।

त्यसप्रकारको गैरकानुनी काम गर्नेलाई नेपालमा भए एक वर्षदेखि दुईवर्षसम्म कैद र विदेशमा लगेको भए दुई वर्षदेखि पाँच वर्षसम्म कैद हुने सजायको कानुनी व्यवस्था छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५ ले समेत बालबालिकालाई आफ्ना बाबुआमाबाट अलग गर्न नपाइने र पारिवारिक वातावरणमै हुर्कन पाउने अधिकार सुनिश्चित गरेको छ ।

सरकारी निकायको स्वीकृति बेगर बालबालिकालाई गैरकानुनी रुपमा विदेश (भारत) लैजाने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरी बालबालिकालाई सुरक्षित रुपमा परिवारमा पुनर्मिलन गराउन सम्बन्धित सबैमा परिषद्ले अपिल गरेको छ ।

  • अछाम
  • काठमाडौँ
  • नेपाल प्रहरी
  • हुम्ला
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

    प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

  • बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

    बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

  • Post Thumbnail

    विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुल्यो

  • प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्नेः मुख्यमन्त्री पाण्डे

    प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्नेः मुख्यमन्त्री पाण्डे

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः दसैँले बाँचेका गुणबहादुरहरू

    आलेखः दसैँले बाँचेका गुणबहादुरहरू

    प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

    प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

    बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

    बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

    मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा

    मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution