Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्नेः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (१ घण्टा अघि)
प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्नेः मुख्यमन्त्री पाण्डे

कास्की, ३० असोजः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

एकहत्तरौँँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आज आयोजना गरेको कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

उहाँले अनुुसन्धानमा निष्पक्षता, सेवा प्रवाहमा संवेदनशीलता र कानुन कार्यान्वयनमा निर्भिकता भइ अघिबढ्न प्रहरीलाई आव्हान गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेले प्रविधिको विकाससँग हिंसा बढेकाले त्यसको न्यूनीकरणलाई कम गर्न प्रहरीलाई आग्रह गर्नुभयो । प्रदेश सरकारले नेपाल प्रहरीलाई भौतिक पूर्वाधार, ट्राफिक उपकरण तथा सवारी साधन खरिद, विभिन्न तालिममा वित्तिय सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

यसका साथै विपद्पछिको उद्धार तथा खोजमा प्रयोग हुने सामग्रीमा समेतमा सहयोग गर्दे आएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले ‘जनताको साथी प्रहरी’, ‘मुस्कानसहितको सेवा’लगायतको कार्य गर्दै आएकामा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख दीपेन्द्रबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङ, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, पूर्वप्रहरी सङ्गठन गण्डकीका अध्यक्ष खिमलाल पराजुली लगायतले प्रहरीको भूमिका र जिम्मेवारीका बारेमा बोल्नुभएको थियो ।

सो अवसरमा पूर्वप्रहरी कर्मचारी, अमर प्रहरी तथा विभिन्न खोज तथा उद्धारमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रहरीलाई सम्मान गरिएको थियो ।

  • कास्की
  • नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

    बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

  • Post Thumbnail

    विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुल्यो

  • Post Thumbnail

    पच्चिस बालबालिकाको उद्धार

  • बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

    बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

    बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

    मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा

    मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा

    विचार : दसैँ : आत्मजागरण र धर्मविजय

    विचार : दसैँ : आत्मजागरण र धर्मविजय

    Post Thumbnail

    विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुल्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution