Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
जनकपुरधाम

प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्छः मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विधिको शासन, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्ने बताउनुभएको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (२ दिन अघि)
प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्छः मुख्यमन्त्री यादव

जनकपुरधाम, ३० असोजः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विधिको शासन, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्ने बताउनुभएको छ ।

एकहत्तरौँँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बदलिँदो अपराधको स्वरूपअनुसार प्रहरीको कार्यशैली पनि समयानुकूल र नागरिकमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रण चुनौतीपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशलाई सुरक्षित र अपराधमुक्त बनाउन प्रदेश सरकार र प्रहरीबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रहरीले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न ठूलो योगदान पुग्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “प्रहरी हाम्रा दाजुभाइ हुन् । उनीहरू अपराध नियन्त्रण गर्ने र कानुनको पालना गराउने महत्वपूर्ण निकाय हुन ।”

मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नागरिकलाई शान्तिपूर्ण रूपमा बाँच्न पाउने वातावरण निर्माणमा प्रहरीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकारले नेपाल प्रहरीलाई भौतिक पूर्वाधार तथा सवारीसाधन उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री महतोले साइबर अपराध नियन्त्रणका लागि छुट्टै संरचना स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख परमेश्वर साहले नगरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरी तथा स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीसँग समन्वय र सहकार्य गर्न उपमहानगरपालिका तयार रहेको उल्लेख गर्नुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम र विपद् व्यवस्थापनमा नेपाल प्रहरी नागरिकको सबैभन्दा नजिकको सुरक्षा निकाय रहेको बताउनुभयो ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले प्रतिकूल परिस्थितिमा समेत प्रहरीले नागरिकसँग सहकार्य गरेर काम गर्दै आएको बताउनुभयो ।

त्यस अवसरमा वर्षको सर्वोत्कृष्ट प्रहरी अधिकृत विश्वम्भरनाथ साह तथा अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग पु¥याउने राजन केसी, शैलेन्द्र सिंह, जयनारायण र नन्दकुमारी टमटा तथा टिकटक प्रतियोगिताका उत्कृष्ट गुन्जेश्वर चौधरीलाई सम्मान गरियो । कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री महतोले अमर प्रहरीका परिवारजनलाई सम्मान गर्नुभयो ।

  • जनकपुरधाम
  • धनुषा
  • नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    मानमानेश्वरी भवानीको पायो जात्रा सुरु

  • बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

    बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

  • मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की

    मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की

  • Post Thumbnail

    करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

    Post Thumbnail

    मानमानेश्वरी भवानीको पायो जात्रा सुरु

    Post Thumbnail

    अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

    Post Thumbnail

    घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution