Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महेन्द्रनगर

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन खाद्यवस्तु र म्याद गुज्रेका वस्तुहरू बिक्रीवितरण नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

महेन्द्रनगर, ३० असोजः चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन खाद्यवस्तु र म्याद गुज्रेका वस्तुहरू बिक्रीवितरण नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

बिहीबार साँझ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चाडपर्वका अवसरमा विशेष अनुरोधसहितको सूचना जारी गर्दै बडादसैँ, तिहार र छठ पर्वमा नागरिक, सरोकारवाला निकाय, कार्यालय, सङ्घसंस्थालगायतले आफ्नो काम, कर्तव्य र जिम्मेवारी बोध गर्दै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न अनुरोध गर्नुभएको छ ।

उहाँले चाडपर्वका बेला मनोरञ्जनका नाममा प्रयोग हुने पदार्थहरू आतिसबाजी, भुइँचम्पा, पटाका, बारूद, अन्य विस्फोटक तथा आगलागी हुने वस्तुहरूको खरिद, बिक्री, ओसारपसार र प्रयोग नगर्न/नगराउनसमेत आग्रह गर्नुभयो । त्यस्तै चाडपर्वको बहानामा गैरकानुनी गतिविधिहरू जुवातास, चिठ्ठा, कौडा, सट्टेबाजी नगर्न/नगराउन आग्रह गर्दै सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न पनि स्थानीय प्रशासनले आग्रह गरेको छ ।

अनलाइन सपिङ (किनमेल), गैरकानुनी चिठ्ठा वा सामाजिक सञ्जालमार्फत आउने अपरिचित व्यक्तिहरूका अफर तथा स्क्यामहरूबाट सतर्क रहनसमेत प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गर्नुभयो । उहाँले परम्परागत रूपमा मनाइने चाडपर्वहरूको सम्मान र संरक्षण गरी सबै धर्म, जातजाति र संस्कृतिप्रति आदर–सम्मान व्यक्त गर्दै तडकभडक र अवान्छित गतिविधिबाट टाढा रही एकापसमा शुभकामना, सहयोग र मेलमिलापको भावनाका साथ मर्यादित एवं अनुशासित भई सामाजिक सद्भाव र भाइचारा कायम गरी चाडपर्व मनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी चाडपर्वको समयमा अत्यावश्यक तथा आपत्कालीन सेवाहरू अस्पताल, एम्बुलेन्स, दमकल, स्काभेटर, जनशक्ति, इन्धन लगायत तयारी अवस्थामा राख्ने र बदलिन सक्ने मौसमबाट हुनसक्ने जोखिमका लागि पूर्वतयारीको अवस्थामा रहन प्रशासन मातहतका सबैलाई अनुरोध गर्नुभयो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ महेन्द्रनगर बजारमा सञ्चालित मासु पसलहरूमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अस्वस्थकर मासु बरामद गरी जफत गरिएको प्रजिअ कोइरालाले जानकारी दिनुभयो ।

  • कञ्चनपुर
  • महेन्द्रनगर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

  • Post Thumbnail

    रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

  • पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

    पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

  • Post Thumbnail

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

    कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

    Post Thumbnail

    कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित

    Post Thumbnail

    स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

    Post Thumbnail

    यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution