Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै गएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१ दिन अघि)
Post Thumbnail

भोजपुर, २९ असोजः सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै गएको छ ।

विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र राष्ट्रसेवाको भावना विकास गर्ने उक्त तालिम प्रभावकारी बन्दै गएको हो ।

तालिमले विपद्का समयमा उद्धार तथा मानवीय सेवामा योगदान गर्नसक्ने जनशक्ति तयार पार्न र युवालाई राष्ट्रनिर्माण तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धनमा जिम्मेवार भूमिका निर्वाह गर्न तालिमले अभिप्रेरित गर्ने सेनाले जनाएको छ ।

विद्यालयस्तरमा तीनमहिने तालिमअन्तर्गत भोजपुरको अरुण गाउँपालिकास्थित कटका माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गरेको छ । राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय, मोरङमा असोज ८ देखि २८ गतेसम्म सञ्चालन भएको ५२औँ जुनियर डिभिजन पहिलो चरणको वार्षिक सामूहिक क्याम्प (शिविर)मा कटका माध्यमिक विद्यालय प्रथम भएको छ । भलिबललगायत विभिन्न विद्यामा उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयले प्रथम स्थान प्राप्त गरेको हो । यस वर्षको विद्यालयस्तरीय तालिम असार १ गतेदेखि असोज १ गतेसम्म सञ्चालन गरिएको थियो ।

विद्यालयस्तरमा तालिम सम्पन्न भएपछि आयोजित वार्षिक सामूहिक क्याम्पमा विभिन्न जिल्लाका १८ विद्यालयका ५३५ विद्यार्थी सहभागी भएका थिए ।

क्याम्पमा विद्यार्थीले विभिन्न प्रतियोगिता तथा अभ्यासमा सहभागी हुँदै आफ्नो शारीरिक क्षमता, अनुशासन, सहकार्य र नेतृत्व कौशल प्रदर्शन गरेका छन् ।

कार्यक्रम समापनका अवसरमा भोजपुरमा तालिम सञ्चालन तथा व्यवस्थापनमा योगदान पु¥याएको भन्दै श्री नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी मनोज ढुङ्गेललाई प्रशंसापत्र हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय सेवा दलको तालिमले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र राष्ट्रप्रतिको जिम्मेवारी बोध विकास गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ ।

विद्यालय तहदेखि नै विद्यार्थीलाई तालिममा सहभागी गराउँदा उनीहरूको व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्व र राष्ट्रसेवाप्रतिको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विद्यालयको भनाइ छ ।

  • भोजपुर
  • मोरङ
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै शैक्षिकसत्रदेखि पठनपान हुने

  • Post Thumbnail

    खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

  • Post Thumbnail

    एक १९ सशस्त्र प्रहरी जवान दीक्षित

  • एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

    एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    Post Thumbnail

    घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

    Post Thumbnail

    नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर

    Post Thumbnail

    जग्गा भाडामा लिएर सयपत्री खेती

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution