Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख समेत रहनुभएका चिरीबाबु महर्जन सर्वाधिक मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

ललितपुर, ३० असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख समेत रहनुभएका चिरीबाबु महर्जन सर्वाधिक मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार महर्जनले पाँच हजार ३३० मत प्राप्त गर्नुभएको हो ।

प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेत निष्कल राईले चार हजार ९५६ मत प्राप्त गरी दोस्रो स्थान हासिल गर्र्नुभएको छ ।

त्यस्तै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चार हजार ७३२ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रा डा गोविन्दराज पोखरेलले चार हजार ४६०, इन्जिनियर मोहन आचार्यले चार हजार ३७०, जितनारायण श्रेष्ठले चार हजार ३४७ र प्रवल थापाले चार हजार १७५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, गणेश लामाले तीन हजार ९२५, राजीव कोइरालाले तीन हजार ९१३, हिमालदत्त श्रेष्ठले तीन हजार ७३४, डा शोभाकर पराजुलीले तीन हजार ४८८, विद्वान् गुरुङले तीन हजार ४६८ र अर्जुनप्रसाद जोशीले तीन हजार ३९३ मत प्राप्त गर्नुभएको छ ।

इ अमृत ज्ञवालीले तीन हजार ३४९, सन्दीप रानाले तीन हजार २७१, इ नवराज त्रिपाठीले तीन हजार २६३, भरतकुमार शाहले तीन हजार १८५, नरेन्द्रकुमार केरुङले तीन हजार १६४ र मीनकृष्ण महर्जनले तीन हजार १०० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, बलदेव तिमल्सिनाले तीन हजार ७१, महेश खरेलले तीन हजार २८, जन्मजय तिमल्सिनाले दुई हजार ९७०, युवराज पाण्डेयले दुई हजार ९४६ र कुमार लुइँटेलले दुई हजार ८८० मत प्राप्त गर्नुभएको छ

इ ऋषि कोइरालाले दुई हजार ८६१, इ दीपक बाबु कँडेलले दुई हजार ८५१, उज्ज्वलप्रसाद बरालले दुई हजार ८२२ र किरण केसीले दुई हजार ७७४, दीपक भट्टराईले दुई हजार ७६३, महेन्द्रकुमार शर्माले दुई हजार ७४७, डा सुरजराज काफ्लेले दुई हजार ६४३, डा मुकेशराज काफ्लेले दुई हजार ५९९, मदनकृष्ण श्रेष्ठले दुई हजार ५८६ र प्रमोदहरि गुरागाईंले दुई हजार ५५९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, लेखनाथ पोखरेलले दुई हजार ४९५, किरण किशोर घिमिरेले दुई हजार ४७१, रवि सिंहले दुई हजार ४५९, डा कृष्णप्रसाद पौडेलले दुई हजार ४५५, तिलकबहादुर रानाभाटले दुई हजार ४४४, प्रदीपकुमार सुनुवारले दुई हजार ४३० र प्रकाशसिंह कार्कीले दुई हजार ४१९ मत प्राप्त गर्नुभएको छ ।

डा मुक्तिराम श्रेष्ठले दुई हजार ३५७, कृष्ण रिजालले दुई हजार ३४२, नीलकण्ठ रिजालले दुई हजार ३०५ र सुधांशु कोइरालाले दुई हजार २५६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने व्यवस्था छ ।

  • नेपाली कांग्रेस
  • प्रतिनिधिसभा
  • ललितपुर
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    एक १९ सशस्त्र प्रहरी जवान दीक्षित

  • एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

    एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

  • Post Thumbnail

    सुदूरपश्चिम विश्वविद्यालयमा पाँच सङ्कायमा डीन नियुक्त

  • Post Thumbnail

    सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

    प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्छः मुख्यमन्त्री यादव

    प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्छः मुख्यमन्त्री यादव

    दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

    दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

    चिकित्सा शिक्षा आयोगको बैठक सुरु

    चिकित्सा शिक्षा आयोगको बैठक सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution