Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

एक १९ सशस्त्र प्रहरी जवान दीक्षित

चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सिनं २३९ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट बिहीबार ११९ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका छन् ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), २९ असोजः चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सिनं २३९ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट बिहीबार ११९ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका छन् ।

दीक्षान्त समारोहमा प्रशिक्षार्थी जवानलाई शपथ ग्रहण गराउनुका साथै दज्र्यानी चिह्न प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक राजेन्द्र खड्कालाई दीक्षित जवानले सलामी अर्पण गर्दै अन्तिम कवाज प्रदर्शन गरेका थिए । सो अवसरमा नायब महानिरीक्षक खड्काले तालिममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई पुरस्कार वितरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नायब महानिरीक्षक खड्काले दीक्षित जवानको अनुशासित र लगनशील कार्यशैलीले उज्ज्वल भविष्य निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिम पूरा गरेसँगै राष्ट्रको सुरक्षाका लागि जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आज तपाईंहरूको पोसाकमा नयाँ पहिचान थपिएको छ । काँधमा नयाँ जिम्मेवारी आएको छ र जीवनमा राष्ट्रसेवाको पवित्र सङ्कल्प जोडिएको छ ।”

नायब महानिरीक्षक खड्काले आत्मविश्वास र उत्साहका साथ जवानले आफ्नो यात्रा सुरु गरेको उल्लेख गर्दै तालिमका क्रममा गरेको मेहनत अब राष्ट्रका लागि समर्पित गर्नुपर्ने बताउनुभयो । जस्तोसुकै कठिन परिस्थितिको सामना गर्ने अठोटका साथ कार्यक्षेत्रमा खटिनुपर्नेमा जोड दिँदै उहाँले नागरिकको सम्मान र सुरक्षा नै अबको प्रमुख जिम्मेवारी भएको बताउनुभयो ।

नागरिकको विश्वास जितेर काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “कर्तव्य निर्वाह गर्दा कठोरता सँगसँगै मानवीयता, साहससँगै विवेक र अनुशासनसँगै विनम्रता पनि कायम राख्नुहोस् ।” उहाँले जवान उत्पादन गर्ने परिवार तथा तालिम प्रदान गर्ने प्रशिक्षक र शिक्षालयप्रति आभार व्यक्त गर्नुभयो ।

तालिम शिक्षालयका प्रमुख एवं सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ उपरीक्षक तथा समादेशक विकास घिमिरेले सशस्त्र प्रहरी बलको भर्ना तथा छनोट प्रक्रियाका विभिन्न चरण उत्तीर्ण गरी नियुक्ति प्राप्त गरेका जवानलाई सङ्गठनको नीतिअनुसार आधारभूत तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार जवानहरूलाई सङ्गठनले निर्धारण गरेको पदअनुसारको व्यावसायिक योग्यता र दक्षता हासिल गराई योग्य, इमानदार तथा कर्तव्यनिष्ठ जनशक्तिका रूपमा तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

उहाँले सिनं २३९ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्ने ११९ जना प्रशिक्षार्थीमध्ये ख क्ष समूहका आठ, ख त्र समूहका तीन, ग क्ष समूहका २०, ग त्र समूहका ५७ र घ त्र समूहअन्तर्गत ग्रेडिङमा ३१ जना रहेका जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिमलाई दुई चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो । पहिलो चरणमा फौजी कवाज, हतियार तालिम, सैन्य कौशल, बिपिइटी, मेडिकल, फायरिङ, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, कन्भेन्सनल युद्धकला र नक्सा अध्ययनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको थियो ।

दोस्रो चरणमा बिपिइटी, क्वार्टर गार्ड ड्रिल, सलामी, विभिन्न ऐन-कानुन, विपद् व्यवस्थापन, हुल तथा दङ्गा व्यवस्थापन, सीमा सुरक्षा, माइनर ट्याक्टिक्स, फायरिङ, फिल्ड इन्जिनियरिङ तथा रेडियो सिग्नललगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिमका दुवै चरणमा पाँच–पाँच दिनका बाह्य अभ्याससमेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

दीक्षान्त समारोहमा सशस्त्र प्रहरी बलका विभिन्न तहका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख एवं दीक्षित जवानका अभिभावकको सहभागिता थियो ।

  • चितवन
  • नारायणगढ
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

    एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

  • Post Thumbnail

    सुदूरपश्चिम विश्वविद्यालयमा पाँच सङ्कायमा डीन नियुक्त

  • Post Thumbnail

    सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

  • Post Thumbnail

    राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    Post Thumbnail

    बेसहारा महिलालाई घर

    Post Thumbnail

    दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किदैछन्

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution