Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सप्तरी

मधेसमा हराउँदै ढोल बजाउने चलन

तराई मधेसमा दसैँमा ढोल (नगरा) बजाउने चलन लोपोन्मुख हुँदै गएको छ । घरआँगनमा ढोल बजेपछि मात्र दसैँ आएजस्तो लाग्थ्यो ।
रासस १५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (१ महिना अघि)
Post Thumbnail

सप्तरी, २८ असोजः तराई मधेसमा दसैँमा ढोल (नगरा) बजाउने चलन लोपोन्मुख हुँदै गएको छ । घरआँगनमा ढोल बजेपछि मात्र दसैँ आएजस्तो लाग्थ्यो । अहिले दसैँंंमा ढोल बजाउन छोडेपछि दसैँ आएको जस्तै लाग्दैन सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी ९५ वर्षीया जशोधिया चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँंंको सुरुआतसँगै घटस्थापनाकै दिनदेखि टोलटोलका प्रत्येक घरआँगनमा ढोल बजेको आवाज सुनेपछि दसैँं आएको भित्रैबाट महसुस हुन्थ्यो । अहिले प्रत्येक वर्ष दसैँ त आउँछ तर ढोल बजाउन कोही आँउदैन । ढोल बज्दा जुन दसैँको आन्नद आउँथ्यो । अहिले त्यो आनन्द महसुस हँुदैन । दसैँ आएको जस्तै लाग्दैन उहाँले भन्नुभयो । ”

दसैँ सुरु हुनुअघि नै घरआँगन सफा गरेर लिपपोत गरिन्थ्यो । घटस्थापनाको दिनदेखि नै एकाबिहान ढोल बोकेर राम (चमार) समुदायका व्यक्ति घर आउने र आँगनमा चारपाँच फन्को लगाएर ढोल बजाएको दृश्यले भित्रैैबाट दसैँको खुसीयाली महसुस गराएपछि छुट्टै आनन्द लाग्ने गरेको उहाँले बताउनुभयो ।

विसं २०६२÷६३ को मधेस आन्दोलनले पहिचानसहितको अधिकार सुनिश्चित गरेसँगै दसैँमा अनिवार्य ढोल बजाउने प्रथा दिनप्रतिदिन हराउँदै गएको हो । तराई मधेसमा राम (चमार) समुदायले ढोल बजाउँदै आए पनि त्यहीँ आन्दोलनपछि यो पेसालाई तल्लो दर्जा महसुस गरी सामूहिक रूपमा ढोल बजाउन छाडेपछि घरआँगनमा ढोल बजाउने परम्परा हराउँदै गएको राजविराज नगरपालिका–१३ का ७० वर्षीय सुखिया रामले बताउनुभयो ।

विजयादशमी अर्थात् दसैँको अन्तिम दिन ढोल बजाउने ढोलहालाई घरधनीले पैसा, चापल, लुगा जेजे सकिन्छ दिने चलन रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि अष्टमी, नवमी र दशमीको दिन कतैकतै मन्दिरमा ढोल बजाउने चलन अझै कायम छ । समुदायमा गएर घरआँगनमा ढोल बजाउन छाडेपछि चमार समुदायको पेसा सङ्कटमा परेको छ । दसैँैमा एक दिनमा २०० घरमा ढोल बजाउँदा त्यतिबेला डेढदेखि दुई लाख आम्दानी हुँदा एक वर्षसम्म घर गृहस्थी चलाउन थप सहयोग हुने गरेको थियोे । हाम्रो जातजातिको धनी परिवारलाई यसले असर नपारे पनि दसैँमा ढोल बजाउने ढोलहाको परिवारलाई आर्थिक रूपमा सङ्कट परेको राजविराज नगरपालिका–१ की ८० वर्षीया जशोधियादेवी रामले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ढोल बजाउन रोक लागेपछि धनी परिवारलाई समस्या नभए पनि विपन्न परिवारलाई अत्यधिक समस्या हुँदै आएको छ । हाम्रो परम्परादेखिको संस्कृति र पहिचानसमेत लोप हुँदै गएको उहाँले बताउनुभयो ।

यसैबीच जिल्लाको छिन्नमस्ता गाउँपालिकाका शिवु राम दुई दशकदेखि लोप हुँदै आएको परम्परा निरन्तरता दिन गत वर्षदखि दसैँका अवसरमा दिनहुँ बस्तीमा भएको प्रत्येक घरमा गएर ढोल बजाउँदै आउनुभएको छ । दसैँंंमा दुई दशकदेखि ढोल बजेको नदेखेपछि हाम्रो परम्परा र संस्कृति लोप हुन थालेको महसुस गरेर वडाध्यक्षको अनुमति लिएर ढोल बजाउन थालेको उहाँले बताउनुभयो । दुई दशकपछि छिन्नमस्ता गाउँपालिकमा ढोल बजाएको हेर्न पाउँदा पुरानो दसैँ ताजगी भएको महसुस भएको स्थानीयवासीको भनाइ छ ।

  • सप्तरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

  • Post Thumbnail

    सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

  • विपद् प्रतिकार्य र प्राविधिक सहयोगबारे प्रहरी महानिरीक्षक र अमेरिकी कार्यवाहक राजदूतबीच छलफल

    विपद् प्रतिकार्य र प्राविधिक सहयोगबारे प्रहरी महानिरीक्षक र अमेरिकी कार्यवाहक राजदूतबीच छलफल

  • Post Thumbnail

    ‘विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पहिरोपीडितलाई सहयोग

    Post Thumbnail

    बाइस लाखबराबरका मालसामान बरामद

    Post Thumbnail

    हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

    ‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’

    ‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution