Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ ।
रासस १२०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (१ महिना अघि)
Post Thumbnail

राँझा (बाँके), २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ । नेपालगन्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन । एउटै टोलमा दुईतीनवटा मूर्ति स्थापना गरिएको छ ।

दसैँको बेला दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन बढेको स्थानीय अगुवा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो । “मूर्ति पूजासँग जोडिएको आफ्नै धार्मिक मान्यता र परम्पराअनुसार घटस्थापनाका दिन स्थापना गरिएका मूर्तिहरूको सप्तमीका दिन मात्र आँखाको पट्टी खोलिन्छ । धार्मिक विश्वासअनुसार महिषासुर राक्षसको वध दुर्गा भवानीले सप्तमीका दिन नै गर्नुभएको हुनाले सोही दिन मूर्तिको आँखा खोल्ने परम्परा रहँदै आएको छ”, उहाँले भन्नुभयो, “दसैँभरि भव्य पूजाआजा र दर्शनपछि विजयादशमीको भोलिपल्ट अर्थात् एकादशीका दिन यी मूर्तिहरूलाई नजिकैको राप्ती नदीमा लगेर भक्तिपूर्वक विसर्जन गरिन्छ ।”

उहाँका अनुसार दुर्गा मूर्तिमा घटस्थापनाको दिनदेखि राति अबेरसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गर्ने गरिएको छ । दुर्गा मूर्ति स्थापना भएपछि मात्रै दसैँको उमङ्ग सुरु हुने गर्दछ । घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि यहाँका गल्ली, चोक, मन्दिर, चौराह भजनकीर्तनमय भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो ।

उहाँका अनुसार सहरका गल्ली, मन्दिर र चौराह एकाबिहानैदेखि अबेर रातसम्म भजनकीर्तनले गुञ्जायमान भइरहेका छन् । साना बालबालिकादेखि लिएर वृद्धवृद्धासम्म पूजाआजा र भजनकीर्तनमा सहभागी हुन उत्साहका साथ चोकचोकमा पुग्ने गरेका छन् ।

नेपालगन्जका गल्ली, चोक, चौराह र मन्दिरमा करिब चार सयको हाराहारीमा दुर्गा मूर्ति स्थापना गरिएको उहाँको अनुमान छ । दुर्गा मूर्तिको स्थापनासँगै राति अबेरसम्म पनि नेपालगन्जवासी बजारका चोकचोकमा घुमिरहने रामलीला हेर्ने परम्पराजस्तै भएको उहाँको भनाइ छ ।

नेपालगन्जसँगै नरैनापुर, डुडुवा, खजुरा, कोहलपुरका विभिन्न गाउँमा दुर्गा पूजाको रौनकता छाएको छ । एकाबिहानैदेखि अबेर रातसम्म भजनकीर्तन हुने गरेको छ । नेपालगन्जका मुख्य सडक, चोक र गल्लीमा समेत दुर्गामूर्ति स्थापना गरी पूजापाठ भइरहेको छ । नेपालगन्जका गल्लीगल्लीमा स्थापना गरिएका मूर्तिको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताउनुभयो ।

  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

  • बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

    बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

  • फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

    फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

  • देशलाई ऋणमुक्त बनाउने सङ्कल्पसहित महालक्ष्मी साधना सम्पन्न

    देशलाई ऋणमुक्त बनाउने सङ्कल्पसहित महालक्ष्मी साधना सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर १ गते मंगलबार

    २०८३ मंसिर १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    देशका विभिन्न भागबाट लागुऔषधसहित २१ जना पक्राउ

    कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती

    कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती

    विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

    विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

    Post Thumbnail

    कोप–३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution