
पाँचथर, २८ असोजः पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न भएपछि ३६० जनाभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् ।
याङवरक पोखरीमा मुहान रहेको योजनाबाट जोरधारा, थर्पू बजारलगायत क्षेत्रका ८० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । योजना सम्पन्न भएसँगै ३६५ जना लाभान्वित भएको याङवरक गाउँपालिकाले जनाएको छ । सो योजना सङ्घीय सरकारको रु ७६ लाख ७५ हजार विशेष अनुदानमा सम्पन्न भएको हो । गत असारमा सम्पन्न भएको योजनाको मङ्गलबार गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले उद्घाटन गर्नुभयो ।
याङवरक गाउँपालिकाको केन्द्र रहेको क्षेत्रमा खानेपानीको सहज व्यवस्था मिलाई स्थानीयवासीलाई आयआर्जनका क्षेत्रमा लाग्न, होटल व्यवसाय सञ्चालनका लागि प्रयास गरिएको अध्यक्ष योङ्याले बताउनुभयो ।
याङवरक–४ जोरधाराका सहरनन्द योङहाङले व्यवस्थित खानेपानी योजना सञ्चालनमा आएपछि होटल व्यवसायको विस्तार हुने अपेक्षा गरिएको बताउनुभयो । याङवरक गाउँपालिकाको केन्द्र रहेको यसै स्थानमा ऐतिहासिक याङवरक पोखरी, थर्पुनागी प्रहरी चौकीलगायत मानिसको बाक्लो उपस्थिति हुने स्थान तथा निकाय रहेका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |