Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुदूरपश्चिम

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेशसभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (२ घण्टा अघि)
Post Thumbnail

सुदूरपश्चिम, २७ असोज : सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेशसभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो ।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि त्यसयत प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो ।

बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमत भएपछि प्रक्रिया अगाडि बढेको थियो ।

यहाँ बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट रु एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम रु १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रहेको छ । सङ्घीय रोयल्टी बाँडफाँटवापत प्राप्त हुने रु सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु नौ अर्ब छ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने रु नौ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने रु छ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने रु ३८ करोड ८० लाख र विशेष अनुदानबाट रु ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको छ ।

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुनसकेको थिएन । सोही असार २९ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

प्रदेशसभाको आजको अर्को बैठक अर्काे सूचना जारी नभएसम्म स्थगित गरिएको सभामुख भण्डारीले सभालाई जानकारी गराउनुभयो ।

  • नेपाली कांग्रेस
  • सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु

  • Post Thumbnail

    सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल

  • प्रस्तावित राजदूतको सुनुवाइ जारी

    प्रस्तावित राजदूतको सुनुवाइ जारी

  • Post Thumbnail

    अर्थमन्त्री बैंकक प्रस्थान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

    गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

    गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

    गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

    Post Thumbnail

    ‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’

    Post Thumbnail

    कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution