Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (२ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), २७ असोजः चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ ।

जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको हो ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हालसम्म एक हजार ८१६ जनाको नमूना परीक्षण गरिएकामा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाका स्थानीय तहअनुसार सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ४६ जना (१८ पुरुष, २८ महिला) र भरतपुर महानगरपालिकामा ३२ जना (नौ पुरुष, २३ महिला)मा सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी खैरहनी नगरपालिकामा २२ जना, राप्ती नगरपालिकामा २०, कालिका नगरपालिकामा १७, माडी नगरपालिकामा तीन र इच्छाकामना गाउँपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ ।

कार्यालयका अनुसार सङ्क्रमित हुनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ । जिल्लाभित्रका सङ्क्रमित १४२ जनामध्ये ५२ पुरुष र ९० महिला छन् भने बाहिरी जिल्लाबाट आएका ९२ सङ्क्रमितमध्ये ३४ पुरुष र ५८ महिला छन् । हालसम्म जिल्लामा स्क्रब टाइफसका कारण कसैको मृत्यु भएको छैन ।

के हो स्क्रब टाइफस र कसरी सर्छ ?

स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुसी’ नामक जीवाणुबाट सङ्क्रमित मुसामा पाइने सुक्ष्म किर्ना (माइट वा चिगर)को टोकाइबाट मानिसमा सर्ने सङ्क्रामक रोग हो ।

जुम्राभन्दा सुक्ष्म हुने यो किर्ना प्रायः नाङ्गो आँखाले देख्न सकिँदैन र यो विशेषगरी मुसाको कान वा शरीरमा बस्ने गर्छ । घाँस वा झाडीमा किर्ना झरेको अवस्थामा मानिसको सम्पर्कमा आउँदा यसको सङ्क्रमण हुन्छ । यद्यपि, यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, शरीर, मांसपेशी तथा जोर्नीहरू दुख्ने, अत्यधिक कमजोरी महसुस हुने, वाकवाकी लाग्ने र शरीरमा बिमिरा देखिनजस्ता लक्षण देखिन्छन् ।

विशेषगरी किर्नाले टोकेको ठाउँमा कालो दाग वा घाउ बन्नु यसको मुख्य पहिचान हो । समयमै उपचार नभएमा यसले फोक्सो, कलेजो, मिर्गौला र मस्तिष्कमा असर गरी अङ्ग फेल हुने वा मृत्युसमेत हुनसक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

भेक्टर कन्ट्रोल निरीक्षक केसीले यो मौसममा स्क्रब टाइफसको जोखिम निरन्तर रहँदै आएकाले घर वरपरको झाडी सफा राख्न, खेतबारी वा घाँसपात गर्दा शरीर ढाक्ने लुगा लगाउन र लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण तथा उपचार गराउन आग्रह गर्नुभयो ।

  • चितवन
  • नारायणगढ
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

    संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

  • Post Thumbnail

    काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

  • Post Thumbnail

    आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका सार्वजनिक

  • मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता

    मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

    दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

    Post Thumbnail

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

    Post Thumbnail

    नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

    पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने

    पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution