
काठमाडौँ, २६ असोजः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आयोजनाको गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्यसम्बन्धी विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
“सरकारका तर्फबाट म स्पष्ट पार्न चाहन्छु, मानसिक स्वास्थ्यको विषय हाम्रो प्राथमिकतामा छ । हाम्रो लक्ष्य मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिले उपचार र सहयोग खोज्दा अपमानित वा उपेक्षित महसुस गर्नुपर्ने अवस्थाको अन्त्य गर्नु हो,” मन्त्री मेहताले भन्नुभयो ।
उहाँले प्रत्येक नागरिकले आफ्नो मानसिक स्वास्थ्यसम्बन्धी समस्या खुलेर व्यक्त गर्न सक्ने, समयमै आवश्यक सहयोग पाउने र सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन आवश्यक कानुनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री मेहताले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्बाट पारित भइसकेकाले त्यसैका आधारमा ऐन निर्माणको अघि बढाइने स्पष्ट पार्नुभयो ।
उहाँले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिले उपचारका लागि भौतारिनुपर्ने अवस्था अन्त्य गर्दै प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवासम्म सहज पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले १०० शय्याभन्दा बढी क्षमताका अस्पतालमा मानसिक स्वास्थ्य सेवाका लागि आवश्यक शय्या छुट्याउने तथा सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकताका साथ अघि ढाइने प्रतिबद्धता जनाउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |