Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गोरखा

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका-३ न्याकफेदीमा फसेका नौ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरेर न्याकगाउँ लगिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रशाद शर्माले जानकारी दिनुभयो ।
रासस १०७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (१ दिन अघि)
Post Thumbnail

गोरखा, २५ असोजः बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका-३ न्याकफेदीमा फसेका नौ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरेर न्याकगाउँ लगिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रशाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार धार्चे गाउँपालिका-१ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनाको पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । यारुबगरमा फसेका पर्यटक, स्थानीय र हाइड्रोपावरमा कार्यरत १८ जनालाई उद्धार गरी हुल्चुक गाउँमा लगिएको सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा सेनाको चार वटा हेलिकोप्टर परिचालन गरिएको उहाँले बताउनुभयो ।

सहायक प्रजिअ शर्माका अनुसार आज बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ उङ्गिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले हालसम्म दुई मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल बगाएको छ । बाढीले चुमनुब्री गाउँपालिकाको उङ्गिलुङ खोला क्षेत्रका चार वटा गोठ बगाएका छन् । यस्तै, बूढीगण्डकी किनारमा पर्ने सल्लेरी, घट्टेखोला, पैँयु, दोभान र बगरका करिब ५० घरमा क्षति पुर्‍याएको उहाँले जानकारी दिनुभयो ।

शर्माका अनुसार धार्चे गाउँपालिकाको माछिखोला, यारुबगर र दोभानका करिब ३५ घर र आरुघाट गाउँपालिकाको सोतीका करिब १५ घरमा क्षति पुगेको छ । बाढीका कारण उङ्गिलुङ गोठमा बस्ने पाँच जना र धाउनेमा बस्ने तीन घरका पाँच जना गरी १० जना सम्पर्कविहीन बनेका सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो ।

  • गोरखा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यकः पूर्वराष्ट्रपति भण्डारी

    पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यकः पूर्वराष्ट्रपति भण्डारी

  • मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

    मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

  • Post Thumbnail

    दश किलो गाँजासहित एक जना पक्राउ

  • Post Thumbnail

    जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यकः पूर्वराष्ट्रपति भण्डारी

    पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यकः पूर्वराष्ट्रपति भण्डारी

    मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

    मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

    Post Thumbnail

    लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

    Post Thumbnail

    चार मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution