Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर आसपासको क्षेत्र फेरिँदै गएको छ । उपयुक्त पूर्वाधार विकाससँगै स्थानीय क्षेत्र पर्यटकीय तथा व्यापारिक केन्द्रका रूपमा रूपान्तरण हुन थालेको हो ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (१ घण्टा अघि)
भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर, २४ असोजः भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर आसपासको क्षेत्र फेरिँदै गएको छ । उपयुक्त पूर्वाधार विकाससँगै स्थानीय क्षेत्र पर्यटकीय तथा व्यापारिक केन्द्रका रूपमा रूपान्तरण हुन थालेको हो ।

स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न सरोकार भएका निकायको सक्रियतामा सञ्चालित विकास निर्माणका योजनाहरू सम्पन्न हुने क्रमसँगै च्याङ्ग्रेको स्वरूप फेरिएको स्थानीय बताउँछन् । विशेष गरी बजारको मुख्य भागमा अवस्थित ऐतिहासिक ‘च्याङ्ग्रे पोखरी’ को व्यवस्थित पुनःनिर्माण र सौन्दर्यीकरण गरिएको छ । पोखरीको चारैतिर पक्की पर्खाल तथा सुरक्षा घेराबारा लगाइएको छ भने किनारै-किनार पर्यटक तथा स्थानीयवासीका लागि पैदलमार्ग (वाकिङ ट्रयाक) निर्माण गरिएको छ ।

पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले पोखरीमा अहिले जलविहारका लागि पानी बोटसमेत सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । पोखरीको मनमोहक दृश्यले बजारमा आउने जोकोहीलाई लोभ्याउने गरेको छ भने साँझपख टहलिनका लागि यो क्षेत्र प्रमुख गन्तव्य बनेको उहाँको भनाइ छ । साथै पर्यटनलाई लक्षित गरी नजिकै झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटक तथा स्थानीयवासी सो पुलमा पुगेर बजार क्षेत्रको मनोरम दृश्य अवलोकन गर्नुका साथै तस्विर तथा श्रव्यदृश्य सामग्री खिच्ने, रमाउने गरेका छन् ।

गाउँपालिका केन्द्रसमेत रहेकाले च्याङ्ग्रे क्षेत्रको योजनाबद्ध विकासमा विशेष जोड दिइएको अध्यक्ष राईले बताउनुभयो । बजार क्षेत्रको सौन्दर्यीकरण र व्यवस्थित सहरीकरणका लागि च्याङग्रे पोखरीको संरक्षणका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गरेको उहाँले विश्वास व्यक्त गर्नुभयो । साथै, पोखरीको पौराणिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै पोखरी किनारमा ‘पञ्चकन्या मन्दिर’ निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

“हामी च्याङग्रे बजार क्षेत्रको योजनाबद्ध विकास गरिरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धनसँगै यस क्षेत्रमा सकारात्मक परिवर्तन आएको छ । आगामी दिनमा पनि दीर्घकालीन र योजनाबद्ध विकासका कामलाई निरन्तरता दिनेछौँ ।”

बजार प्रवेशको शून्य विन्दु तिवारीभञ्याङबाट च्याङ्ग्रे बजारसम्मको सडक कालोपत्रेसँगै बजार क्षेत्रमा ढल र नाली व्यवस्थापन गरिएसँगै ‘च्याङ्ग्रे’ व्यवस्थित बजार बन्दै गएको स्थानीय बालिका खत्रीले बताउनुभयो । स्थानीय सरकार स्थापना भएपछि बजार क्षेत्रको विकासले गतिलिएको उहाँको भनाइ छ ।

यहाँका विद्यालय क्षेत्रको विकास तथा गाउँपालिकाको प्रशासनिक भवन निर्माणलगायत संरचनागत विकासले च्याङ्ग्रेलाई परम्परागत ग्रामीण बजारबाट आधुनिक सहरोन्मुख क्षेत्रका रूपमा स्थापित गर्दै लगेको छ । खेल क्षेत्रको विकास लागि बजार क्षेत्रमा पौवादुङमा रङ्गशाला निर्माण भइरहेको छ ।

पूर्वाधारमा भएको यस ऐतिहासिक सुधारले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने स्थानीयवासीको भनाइ छ । पर्यटकीय पूर्वाधारहरू तयार भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको स्थानीय बताउँछन् । यसले स्थानीय व्यापार, होटल व्यवसाय तथा कृषि उपजको बजारीकरणमा सहजता भएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।

  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ‘अपाङ्गता समावेशी विकास’सम्बन्धी सचिवहरूसँग छलफल

  • मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

    मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

  • Post Thumbnail

    चितवनमा तीन हजार ३६२ मतदाता घटे

  • Post Thumbnail

    ‘बागमती र विष्णुमतिलाई नुहाउन मिल्ने गरी सफा राख्नुपर्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एमाले केन्द्रीय कमिटीका दश मनोनीत

    सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    Post Thumbnail

    ‘अपाङ्गता समावेशी विकास’सम्बन्धी सचिवहरूसँग छलफल

    ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा पोखरेललाई प्रदान

    ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा पोखरेललाई प्रदान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution