Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

‘अपाङ्गता समावेशी विकास’सम्बन्धी सचिवहरूसँग छलफल

अपाङ्गता भएका व्यक्तिको समावेशी विकासका सम्बन्धमा वीरेन्द्रनगरका वडा सचिवहरूसँग छलफल गरिएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयाजित ‘अपाङ्गता समावेशी विकास’ सम्बन्धमा वीरेन्द्रनगर नगरपालिकाका १६ वडाका सचिवहरूसँग छलफल गरिएको हो ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

कर्णाली, २४ असोजः अपाङ्गता भएका व्यक्तिको समावेशी विकासका सम्बन्धमा वीरेन्द्रनगरका वडा सचिवहरूसँग छलफल गरिएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयाजित ‘अपाङ्गता समावेशी विकास’ सम्बन्धमा वीरेन्द्रनगर नगरपालिकाका १६ वडाका सचिवहरूसँग छलफल गरिएको हो ।

स्थानीय तहमा समावेशी विकास कार्यान्वयनको अवस्था, प्रशासनिक चुनौती, योजना, बजेट, सेवा, अपाङ्गता समावेशीकरणका लागि आवश्यक र व्यावहारिक उपाय एवं प्रतिबद्धताका बारेमा सचिवसँग छलफल तथा अन्तरक्रिया भएको महासङ्घका प्रदेश व्यवस्थापक आनन्द विष्टले जानकारी दिनुभयो ।

व्यवस्थापक विष्टका अनुसार १६ वटै वडामा अपाङ्गता लक्षित कार्यक्रमका लागि छुट्याइएको बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी र परिणाममुखी बनाउन सचिवको भूमिका तथा त्यसमा सरोकारवालाको आवश्यक सहयोग एवं अपाङ्गता भएका व्यक्तिले पाउने सेवामा सहजता कसरी ल्याउने भन्ने विषयमा छलफल गरिएको थियो ।

उक्त छलफलमा वीरेन्द्रनगर नगरपालिका प्रशासन शाखाका प्रमुख टङ्कप्रसाद लामिछानेले सबै अपाङ्गता भएका व्यक्तिलाई एकै डालोमा हालेर दिइने सेवाले अन्याय हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिहरू प्रत्येकका आआफ्नै समस्या छन् । तिनलाई विशिष्टीकृत गरेर नीति, कार्यक्रम बजेट तथा योजनातर्जुमा गरिनुपर्दछ अनिमात्र उनीहरूका समस्या एवं आवश्यकता सम्बोधन हुन्छन् ।”

छलफलमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा दीगो प्रभाव पार्ने खालका कार्यक्रम निर्माण हुनुपर्ने, उनीहरूको आत्मनिर्भरताका लागि आयआर्जन, रोजगारी, सीप र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने, वडा तहबाट अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सामग्रीको व्यवस्था गर्नुपर्नेलगायत विषयलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेर कार्यान्वयन तहमा लैजानुपर्नेमा सुझाव दिइएको थियो ।

  • कर्णाली
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    निसीखोलामा बाढीपहिरोबाट रु १० करोडको क्षति

  • मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

    मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

  • Post Thumbnail

    चितवनमा तीन हजार ३६२ मतदाता घटे

  • भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

    भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निसीखोलामा बाढीपहिरोबाट रु १० करोडको क्षति

    Post Thumbnail

    कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

    Post Thumbnail

    पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

    Post Thumbnail

    एमाले केन्द्रीय कमिटीका दश मनोनीत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution