Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

‘बागमती र विष्णुमतिलाई नुहाउन मिल्ने गरी सफा राख्नुपर्छ’

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँलाई सुन्दर र समृद्ध बनाउन नदी नालामा गएर नुहाउन सक्नेगरी सफा राख्नुपर्नेमा जोड दिनुभएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २४ असोजः उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँलाई सुन्दर र समृद्ध बनाउन नदी नालामा गएर नुहाउन सक्नेगरी सफा राख्नुपर्नेमा जोड दिनुभएको छ । आउँदो विजयादशमी, दीपावली, छठ, नेपाल संवत्लगायत चाडबाडका अवसरमा काठमाडौँ महानगरपालिका–१७, खुसिबुस्थित बाल उद्यान सामुदायिक सेवा समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमन्त्री घिसिङले नदी सफा नभएसम्म सहर सफा नहुने बताउनुभएको हो ।

“जबसम्म बागमती, वष्णुमती र धोवीखोलालाई आनन्दले नुहाउन सक्ने बनाइँदैन, तबसम्म काठमाडौँ सुन्दर हुँदैन । त्यो काम अगाडि बढाउनुपर्छ । सरकारले यसलाई अगाडि बढाओस्”, अध्यक्ष घिसिङले भन्नुभयो, “काठमाडौँ मात्र होइन मुलुकलाई नै समृद्ध र हरियाली बनाउनुपर्छ । हामी पनि यसमा लागेका छौँ । अहिलेको सरकारले नसके अबको निर्वाचनमा जनताले हामीलाई रोज्नेछन् ।”

विगतमा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक रहँदा ‘लोडसेडिङ’ अन्त्य गराएर उज्यालो नेपाल बनाएको बताउँदै उहाँले अब मुलुकको सबै क्षेत्रलाई उज्यालो बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विगतमा महानगरको प्रमुख हुँदा थालेका नदी सफाइका कामलाई मुलुककै कार्यकारी प्रमुख हुँदा प्रधानमन्त्री वालेन्द्र शाहले अझ राम्रो काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले मुलुकको राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर्दै समृद्धिका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सेवा समितिक अध्यक्ष रामकुमार श्रेष्ठले स्थानीय विकास र सामाजिक कार्यमा हातोमालो गरेर अघि बढ्न आह्वान गर्नुभयो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ‘अपाङ्गता समावेशी विकास’सम्बन्धी सचिवहरूसँग छलफल

  • मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

    मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

  • Post Thumbnail

    चितवनमा तीन हजार ३६२ मतदाता घटे

  • भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

    भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एमाले केन्द्रीय कमिटीका दश मनोनीत

    सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    Post Thumbnail

    ‘अपाङ्गता समावेशी विकास’सम्बन्धी सचिवहरूसँग छलफल

    ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा पोखरेललाई प्रदान

    ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा पोखरेललाई प्रदान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution