Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सङ्खुवासभा

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको छ । साउनयता स्क्रब टाइफसका सङ्क्रमित ५६० जना बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेश श्रेष्ठले जानकारी दिनुभयो ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (१ दिन अघि)
Post Thumbnail

सङ्खुवासभा, २२ असोजः जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको छ । साउनयता स्क्रब टाइफसका सङ्क्रमित ५६० जना बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेश श्रेष्ठले जानकारी दिनुभयो । वर्षायामको समयमा घाँसपात तथा झाडी बढ्नुका साथै त्यसमा काम गर्ने क्रम बढ्ने भएकाले स्क्रब टाइफस सङ्क्रमित बढेका उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षमा कोशी प्रदेशका १४ जिल्लामध्ये सङ्खुवासभामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् । सङ्खुवासभा कोशी प्रदेशको पहिलो र देशभरमा तेस्रो स्थानमा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार साउनदेखि असोज २१ गतेसम्म जिल्ला अस्पतालमा ३९३ र जिल्लाका विभिन्न पालिकास्थित स्वास्थ्य संस्थामा १६७ जनामा स्क्रब टाइफस पुष्टि भएको हो ।

पछिल्लो समय जिल्लाको सभापोखरी गाउँपालिका स्क्रब टाइफसको उच्च जोखिममा परेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । जिल्लाका १० स्थानीय तहमध्ये सभापोखरी गाउँपालिकामा सबैभन्दा बढी ११० र चैनपुर नगरपालिकामा ४३ जनामा स्क्रब टाइफस पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा आर्थिक वर्ष २०८०/८१ मा ५४८, आव २०८१/८२ मा ३४१ र आव २०८२/८३ मा ४६७ जना स्क्रब टाइफसका सङ्क्रमित भेटिएका थिए । चालु आवको तीन महिनामा ५६० जना बिरामी भेटिएका जनाउँदै श्रेष्ठले यो सङ्ख्या गत आर्थिक वर्षभरि जिल्ला अस्पतालमा भेटिएका सङ्क्रमितभन्दा बढी रहेको बताउनुभयो ।

जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमणका कारण बिरामीको मृत्यु भने नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सङ्क्रमित बढ्दै गएपछि नियमित रूपमा अद्यावधिक गर्न थालिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्यकर्मीका अनुसार बिरामीको सङ्ख्या र सङ्क्रमणको अवस्थालाई हेर्दा जिल्लामा स्क्रब टाइफसको जोखिम अझै कायम छ । वर्षायाम र वर्षापछिको समयमा यसको जोखिम बढी हुने भएकाले लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन उहाँले आग्रह गर्नुभयो ।

उहाँका अनुसार उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, जाडो लाग्ने, ग्रन्थि सुन्निने, छालामा बिमिरा आउने तथा किर्नोले टोकेको स्थानमा कालो खटिरा जस्तो दाग देखिनु स्क्रब टाइफसका प्रमुख लक्षण हुन् । “स्क्रब टाइफस ओरिएन्सिया त्सुत्सुगामुसी नामक ब्याक्टेरियाले लाग्ने रोग हो । सङ्क्रमित लार्भा अवस्थाको सूक्ष्म माइटको टोकाइबाट मानिसमा यो सङ्क्रमण सर्दछ”, उहाँले भन्नुभयो ।

  • सङ्खुवासभा
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    विश्व दृष्टि दिवसः दाङका पत्रकारको निशुल्क आँखा परीक्षण

  • Post Thumbnail

    मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण

  • Post Thumbnail

    स्वास्थ्य अधिकार कार्यान्वयन र गुणस्तरीय सेवा प्रवाहमा ऐक्यबद्धता

  • Post Thumbnail

    इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सेवा सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

    Post Thumbnail

    खोटाङमा ‘नागरिक सम्वाद अभियान’

    Post Thumbnail

    आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

    Post Thumbnail

    कांग्रेसको १५औँ महाधिवेशन : सात हजार ३९ प्रतिनिधिद्वारा मतदान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution