
काठमाडौँ, २३ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तरगत आज भएको मतदानमा कुल सात हजार ३१७ मतदातामध्ये सात हजार ३९ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् ।
पार्टीको निर्वाचन समितिको तथ्याङ्कअनुसार कुल मतदातामध्ये करिब ९६.२० प्रतिशत प्रतिनिधिले मतदान गरेका छन् । कुल मतदातामध्ये २७८ जनाले मतदान नगरेको देखिन्छ ।
सभापति पद्को मतगणना राष्ट्रिय सभागृहमा
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको समितिले जनाएको छ ।
सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा रहेको छ । दुवै उम्मेदवारले प्राप्त गरेको मत गणना गर्न राष्ट्रिय सभागृहमा आवश्यक व्यवस्थापनको काम भइरहेको छ ।
मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा सीसी क्यामेरा जडान गर्ने काम भइरहेको छ भने मतगणना सीसी क्यामेराको निगरानीमा गरिने तयारी छ ।
मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाउन लागिएको हो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |