Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो खेत हेर्दै टोलाइरहनुभएको छ । साढे छ रोपनी खेतमा लगाएको मार्सी धान बाढीले नामोनिसान नरहने गरी पुरिदिएपछि उहाँको वर्षभरिको अन्नको जोहो गर्ने आधार गुमेको छ ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (१ घण्टा अघि)
धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दी, २२ असोजः म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो खेत हेर्दै टोलाइरहनुभएको छ । साढे छ रोपनी खेतमा लगाएको मार्सी धान बाढीले नामोनिसान नरहने गरी पुरिदिएपछि उहाँको वर्षभरिको अन्नको जोहो गर्ने आधार गुमेको छ ।

चौध जनाको परिवारलाई वर्षभरि खान पुग्ने धान फल्ने खेत बाढीले बगरमा परिणत गरिदिएपछि उहाँसँग अब करिब तीन रोपनी बाँझो जमिन मात्रै बाँकी छ । “धान काटेर घर भित्र्याउने बेला खेत नै रहेन,” पुनले भन्नुभयो, “वर्षभरि खाने अन्न फल्ने जमिन बाढीले बगर बनाइदियो ।”

छिस्वाङमा वीरबहादुरको जस्तै पीडा पूर्णबहादुर पुनको पनि छ । पशुचौपाया राख्ने गोठसहित उहाँको तीन रोपनी धानखेत बाढीले बगाएको छ । अन्न फलाउने एक इन्च जमिन बाँकी नरहेपछि उहाँलाई अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ ।

खहरे खोलाको बाढीले छिस्वाङका करिब ३५ परिवारको करिब डेढ सय रोपनी धानखेतमा क्षति पुगेको स्थानीयले बताएका छन् । अन्नबालीका लागि प्रख्यात छिस्वाङको खहरेखोला आसपासको खेतीयोग्य जमिन खोलाको बगरमा परिणत भएको छ ।

“पुर्खाले छोडेको जग्गा, वर्षौंको श्रम र लगानी केही घण्टामै बाढीले बगायो,” नरबहादुर घर्तीले भन्नुभयो, “धान भित्राउने समयमा खेत नै बगेपछि किसान ठूलो पीडामा छन् ।”

यही असोज ११ गतेको भीषण बाढीले छिस्वाङ खहरेको स्वरूप नै परिवर्तन गरिदिएको छ । केही समयअघिसम्म घरबस्ती र धानखेत रहेको ठाउँ अहिले माटो, ढुङ्गा र गेग्रानले भरिएको छ । बस्तीभन्दा करिब चार किलोमिटर माथि पाङ्ग्र्रा वनमा खसेको पहिरो खहरे खोलामा मिसिएपछि बाढी आएको थियो । पुल तथा कल्भर्टमा बाढी थुनिएपछि पानी र गेग्रान बस्तीतर्फ सोझिएको स्थानीय भिजन पुनले बताउनुभयो ।

बाढीले छिस्वाङमा नौ घर पूर्ण रूपमा ध्वस्त बनाएको छ । २२ भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । मिल, पसल, गोठ तथा घरभित्रका अन्नपात र सामग्री बाढीले बगाएको छ । घरबास गुमाएका परिवार अहिले आफन्तको घर र शारदा माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका छन् ।

तुलबहादुर घर्तीले रातको समयमा खानेपानीको पाइपलाइन मर्मत गरिरहेको बेला खोल्सामो बाढी आएका स्मरण गर्नुभयो । भागेर ज्यान बचाएको उहाँले सुनाउनुभयो । “श्रीमती खोलापारि र मैले वारि बसेर खानेपानीको पाइपलाइन मर्मत गरिरहेका थियौ । एक्कासि बाढी आएपछि भागाभाग गरेका थियौँ,” उहाँले भन्नुभयो, “केही सेकेण्ड छिटो भाग्न सफल हुँदा ज्यान जोगिएको हो ।” घर्तीले खेतबारी पुरिनुका साथै घरभित्र बाढी पसेर क्षति पुगेको बताउनुभयो ।

घर, गोठ, अन्नपात र खेतबारीमा ठूलो क्षति पुगेको स्थानीयवासी गौदेवी पुनले गुनासो गर्नुभयो । “घर पनि रहेन, खेत पनि बचेन्,” पुनले भन्नुभयो, “अब बस्ती जोगाउने गरी नदी नियन्त्रणको काम तत्काल हुनुपर्छ ।” पुनले नदी नियन्त्रण, कल्भर्ट व्यवस्थापन र जोखिममा परेको बस्तीको दीर्घकालीन पुनःस्थापनाको माग गर्नुभयो ।

तुलप्रसाद पुन, मेखबहादुर पुन, पूर्णप्रसाद पुन, देवान घर्ती, नरबहादुर घर्ती, गौदेवी पुन, सरोज विक, जितबहादुर पुन र श्यामप्रसाद विकको घर पूर्ण क्षति भएको मङ्गला गाउँपालिका–५ का वडाअध्यक्ष भूपेन्द्र खत्रीले बताउनुभयो ।

घरबास र आम्दानीको आधार एकैपटक गुमेपछि परिवारको दैनिक गुजारा कठिन बनेको श्याप्रसाद बिकले बताउनुभयो । स्थानीय चित्रबहादुर बिकले पहिरो र बाढीले पाइपलाइन, खानेपानीको ट्याङ्कीमा क्षति पुर्याएपछि पिउने पानीको समस्या भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार प्रारम्भिक चरणमा छिस्वाङमा हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको थियो । अहिले सडकमार्गबाट समेत राहत तथा सहयोग पु¥याउन सकिने अवस्था बनेको उहाँले बताउनुभयो ।

केही दिनअघि पहिरो र बाढी प्रभावित क्षेत्रको निरिक्षणका लागि प्रजिअ गैरेलगायत सुरक्षा अधिकारीहरुसहित छिस्वाङ पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीसँग स्थानीयले बस्ती संरक्षण र बाढी नियन्त्रणका लागि पहल गरिदिन अनुरोध गरेका थिए । गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको साझेदारी तथा समन्वयमा बस्तीलाई सुरक्षित बनाउने, पहिरोको थप जोखिमको अध्ययन र पुनःस्थापनाका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

  • ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

    ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

  • Post Thumbnail

    धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने

  • आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

    आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

    Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

    Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

    Post Thumbnail

    गाँजासहित युवक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution