Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
लमजुङ

ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक...ढुक...’ आवाजले बिउँझाउथ्यो ।
रासस ३५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (१ घण्टा अघि)
ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

लमजुङ, २२ असोज : कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले बिउँझाउथ्यो ।

झिसमिसेमै घर–आँगनमा जाँतो घुम्थ्यो । ढिकीको ताल र जाँतोको घुमाइसँगै बस्ती बिस्तारै ब्युँझिन्थ्यो । अहिले भने गाउँबाटै त्यो आवाज क्रमशः हराउँदै गएको छ । अन्न कुट्ने र पिस्ने यी साधन घरायसी कामका उपकरण मात्र थिएनन्, गाउँको श्रम, आत्मनिर्भरता, खानपान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिका अभिन्न हिस्सा थिए ।

आधुनिक प्रविधिको विस्तार, विद्युतीय मिलको सहज पहुँच र नयाँ पुस्ताको घट्दो चासोसँगै ढिकी–जाँतोेको प्रयोग घटदै गएको छ । प्रत्येक घरमा देखिने यी साधन अहिले कतै घरको कुनामा थन्किएका छन् भने कतै पुरानो पुस्ताको स्मरणमा मात्रै छन् ।

ढिकी नेपालको परम्परागत कुटानी–पिसानी प्रविधिको महत्वपूर्ण साधन हो । धान कुट्न, कोदो तथा जौको भुस निकाल्न, चिउरा बनाउन र विभिन्न खाद्य सामग्री कुट्न यसको प्रयोग हुन्थ्यो । जाँतोमा मकै, कोदो, फापर, गहुँ, दाललगायत अन्न पिसिन्थ्यो । स्थानीय सामग्रीबाटै निर्माण हुने यी साधन गाउँको आवश्यकता र सीपअनुसार विकसित परम्परागत प्रविधिका उदाहरण थिए ।

दूधपोखरी गाउँपालिकाकी ८५ वर्षीया मायाकुमारी गुरुङलाई आफ्ना पालाका ती दिन अझै सम्झना छ । “हाम्रा पालामा सबै घरमा ढिकी हुन्थ्यो । मकैको छुट्टै, कोदोको छुट्टै जाँतो हुन्थ्यो । गाउँमा मिल आएपछि सबैले ढिकी–जाँतोे प्रयोग गर्न छाडे । त्यसबेलाको खानाको स्वाद सम्झँदा अहिले पनि जिब्रो रसाउँछ,” उहाँले भन्नुभयो ।

दोर्दी गाउँपालिका–४ की ७९ वर्षीया लालमाया घिमिरेले आफ्नो जीवनको अधिकांश समय ढिकी कुट्दै र जाँतो पिन्दै बिताउनुभयो । ढिकीमा कुटेको धानबाट बनेको चामल, काउनो र साबा तथा जाँतोमा पिसिएको मकै, कोदो र फापरको स्वाद अहिले पनि बिर्सन नसकेको उहाँले सुनाउनुभयो ।

“पहिले गाउँमा ढिकी–जाँतोे नभएको घर हुँदैनथ्यो । अहिले देख्नै मुस्किल छ । विगतका ती दिन सम्झँदा कथाजस्तै लाग्छ,” उहाँले भन्नुभयो ।

मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका स्थानीय कामसार्की गुरुङका अनुसार गाउँमा करिब १३–१४ वर्षअघि विद्युतीय मिल सञ्चालनमा आएपछि ढिकी–जाँतोे प्रयोग गर्ने चलन लगभग समाप्त भएको हो । “पहिले सबै घरमा ढिकी–जाँतोे थियो । अहिले एकाध घरमा मात्रै बाँकी छ । परम्परा हराउँदै गएको देख्दा दुःख लाग्छ,” उहाँले भन्नुभयो ।

मस्र्याङ्दी गाउँपालिका–३ ढगैँका स्थानीय पूर्णबहादुर गुरुङका अनुसार १०–१२ वर्षअघिसम्म गाउँका अधिकांश घरमा ढिकी–जाँतोे नियमित प्रयोग हुन्थ्यो । अहिले एक–दुई घरमा मात्रै ती सामग्री बाँकी रहेको उहाँले बताउनुभयो । बेँसीसहर नगरपालिका–२ नरुवाल गाउँकी सावित्री रानामगरका अनुसार विद्युतीय मिल सञ्चालनमा आएपछि प्रयोग घट्दै गएर अहिले गाउँमा दुई घरमा मात्र ढिकी–जाँतोे बाँकी रहेको उहाँले सुनाउनुभयो ।

“मिल आएपछि सबैलाई सहज भयो । ढिकी–जाँतोेमा धेरै समय र मेहनत लाग्ने भएकाले प्रयोग घट्यो । तर यी हाम्रो संस्कृतिको चिनारी भएकाले हराउँदै जाँदा निकै दुःख लाग्छ,” उहाँले भन्नुभयो ।

विगतमा महिलाको दैनिक जीवन ढिकी–जाँतोेसँग जोडिएको थियो । बिहान सबेरैदेखि धान कुट्ने, मकै, कोदो, फापर, गहुँ र दाल पिस्ने गरिन्थ्यो । कतिपय स्थानका महिला एकै ठाउँमा भेला भएर पालैपालो कुटानी–पिसानी गर्ने चलन थियो ।

यसले श्रमसँगै आपसी भेटघाट र सामाजिक सम्बन्धलाई पनि जोड्ने गरेको पुरानो पुस्ताको अनुभव छ । त्यो श्रम सहज थिएन । स्थानीयका अनुसार विद्युतीय मिलमा एकमुरी धान करिब आधा घण्टामै कुट्न सकिन्छ । त्यही काम ढिकीमा गर्दा आधा दिनभन्दा बढी समय र निकै श्रम लाग्थ्यो ।

त्यसैले गाउँमा मिल स्थापना हुन थालेसँगै मानिसले समय र श्रम बचाउने आधुनिक प्रविधि रोजे । आधुनिक मिलले कुटानी–पिसानीको काम सहज बनाएको छ । समय र श्रम बचत भएको छ । त्यससँगै गाउँको परम्परागत श्रम संस्कृति, स्थानीय प्रविधि, आत्मनिर्भर जीवनशैली र मौलिक खानपानको एउटा अध्याय भने हराउँदै गएको छ । ढिकीमा कुटेको धानबाट बनेको चामल, काउनो र साबा तथा जाँतोमा पिसिएको मकै, कोदो र फापरबाट तयार हुने परिकार पुरानो पुस्ताको दैनिक भोजनका हिस्सा थिए ।

त्यसैले ढिकी–जाँतो हराउनु एउटा साधन हराउनु मात्र नभई त्यससँग जोडिएको खानपान, सीप र जीवनपद्धतिको एउटा अंश हराउनु पनि हो । संरक्षणमा ध्यान नदिने हो भने आगामी पुस्ताले ढिकी–जाँतोेलाई प्रयोगमा होइन, इतिहासका पाना, सङ्ग्रहालय वा तस्बिरमा मात्र देख्नुपर्ने अवस्था आउन सक्ने स्थानीयको चिन्ता छ ।

स्थानीयवासीले परम्परागत ढिकी–जाँतोे संरक्षणका लागि स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गरी होमस्टे, सांस्कृतिक पर्यटन, विद्यालयको स्थानीय पाठ्यक्रम तथा सामुदायिक सङ्ग्रहालयसँग जोड्नुपर्ने बताएका छन् । प्रयोगमा नआए पनि यस्ता सामग्री सुरक्षित राख्ने, नयाँ पुस्तालाई यसको महत्वबारे जानकारी दिने तथा स्थानीय संस्कृति र पर्यटनसँग जोड्ने प्रयास गर्नुपर्ने उनीहरूको भनाइ छ ।

ढिकी–जाँतोे हरेक घरमा चलाउन सम्भव नहोला । आधुनिक मिलले गाउँको जीवन सहज बनाएको छ । तर सहजतासँगै हराउँदै गएको मौलिक पहिचान जोगाउनु पनि उत्तिकै महत्वपूर्ण छ । यसको इतिहास, प्रविधि र त्यससँग जोडिएको संस्कृति जोगाउन सके कुनै समय ग्रामीण बिहान ब्युँझाउने ‘ढुक…ढुक…’ आवाज कम्तीमा भावी पुस्ताका लागि जीवित सांस्कृतिक सम्पदाका रूपमा रहिरहनेछ ।

  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

  • धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

    धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

  • Post Thumbnail

    धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने

  • आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

    आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

    Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

    Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

    Post Thumbnail

    गाँजासहित युवक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution