Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

हाइटेरा र अडिडेलद्वारा सुरक्षा निकायलाई सञ्चार प्रविधि हस्तान्तरण

विश्वव्यापी सञ्चार प्रविधि कम्पनी हाइटेरा र नेपालस्थित यसको साझेदार कम्पनी अडिडेलले खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि नेपालका सुरक्षा निकायहरूलाई सञ्चार उपकरण तथा प्रविधि सहयोग गरेका छन् ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २१ असोजः विश्वव्यापी सञ्चार प्रविधि कम्पनी हाइटेरा र नेपालस्थित यसको साझेदार कम्पनी अडिडेलले खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि नेपालका सुरक्षा निकायहरूलाई सञ्चार उपकरण तथा प्रविधि सहयोग गरेका छन् ।

व्यावसायिक तथा अत्यावश्यक सञ्चार प्रणालीको विश्वव्यापी प्रदायक हाइटेराले सार्वजनिक सुरक्षा, सरकारी निकायलगायत विभिन्न क्षेत्रमा ९० भन्दा बढी देशमा सेवा प्रदान गर्दै आएको छ । नेपालमा भने कम्पनीले आफ्नो विशेष स्थानीय साझेदार अडिडेलमार्फत उल्लेखनीय उपस्थिति कायम गरेको छ र व्यावसायिक सञ्चार बजारमा अग्रणी स्थानमा रहेको बताइएको छ । अडिडेल कम्पनी परियोजना विकास, पूर्वाधार, ऊर्जा, दूरसञ्चार, साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्तालगायतका विविध क्षेत्रमा सक्रिय छ ।

सहयोगस्वरूप प्रदान गरिएका उपकरणहरूमा बडी–वर्न क्यामेरा, पुस–टु–टक ओभर सेलुलर रेडियो, तथा ई–प्याक पोर्टेबल रिपिटरलगायतका हार्डवेयर र सफ्टवेयर समावेश छन् । यी प्रणालीहरूको प्रयोगबाट विभिन्न सञ्चार माध्यमहरूलाई एकीकृत गरी केन्द्रीय कमाण्ड सेन्टर स्थापना गर्न सकिने बताइएको छ । उक्त उपकरणहरूले सामान्य सञ्चार पूर्वाधार अवरुद्ध वा अनुपलब्ध भएको अवस्थामा समेत सुरक्षा तथा उद्धारकर्मीलाई प्रभावकारी सञ्चार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

ई–प्याक पोर्टेबल रिपिटरले क्षतिग्रस्त वा सेवाविहीन क्षेत्रमा अस्थायी रेडियो नेटवर्क स्थापना वा विस्तार गर्न सहयोग पुर्‍याउनेछ । त्यस्तै, पिओसी रेडियोले सेलुलर नेटवर्कमार्फत फराकिलो क्षेत्रमा समूहगत सञ्चार तथा स्थानसम्बन्धी जानकारी आदानप्रदान गर्न सक्षम बनाउनेछ । बडी–वर्न क्यामेराले फिल्डमा खटिएका सुरक्षाकर्मीहरूको अडियो तथा भिडियो रेकर्ड गर्न सक्नेछ भने आवश्यकताअनुसार ती जानकारी कमाण्ड सेन्टरमा प्रत्यक्ष पठाउन पनि सकिनेछ ।

विशेषगरी भूकम्प, बाढी, पहिरो, हिमाली उद्धार तथा अन्य विपद्का समयमा परम्परागत सञ्चार प्रणाली प्रभावित हुँदा यस्ता प्रविधि अत्यन्त उपयोगी हुने विश्वास गरिएको अडिडेलका प्रबन्धक राम भण्डारीले जानकारी दिनुभयो ।

अनौपचारिक स्रोतहरूका अनुसार प्रदान गरिएको उपकरणको कूल मूल्य रु १० करोडभन्दा बढी रहेको बताइएको छ । उपकरण हस्तान्तरण कार्यक्रममा दक्षिण कोरियाको सोलस्थित हाइटेराका एसिया क्षेत्रीय प्रमुख निङमा तथा अडिडेल अध्यक्ष सञ्जय प्रधानसहित कम्पनीका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।

नेपालका सुरक्षा निकायहरूले देशभर भूकम्प, बाढी, पहिरो तथा अन्य आकस्मिक घटनाहरूमा खोज तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका बेला प्राप्त यो सहयोगले विपद् व्यवस्थापन तथा उद्धार क्षमतामा थप मजबुती प्रदान गर्ने अपेक्षा गरिएको छ । हाइटेराको नेपालस्थित साझेदार कम्पनी औडेलले यस सार्वजनीक उत्तरदायित्वअन्तर्गत गरिएको कार्यक्रमको जानकारी दिएको हो । भूकम्प, बाढी, पहिरो र अन्य सङ्कटकालीन अवस्थामा देशभर खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेपालका सुरक्षा निकायहरूले महत्वपूर्ण खोज तथा उद्धारको भूमिका निर्वाह गरिरहेका र भविष्यमा आइपर्ने विपद् कार्यका लागि यो सहयोग प्राप्त भएको हो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

  • Post Thumbnail

    मुस्ताङका तीन स्थानीय तहद्वारा छ ब्यारेल इन्धन सहयोग

  • Post Thumbnail

    सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

  • Post Thumbnail

    नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

    Post Thumbnail

    भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् अध्ययन समितिको सभापतिमा पौडेलको मात्र उम्मेदवारी

    Post Thumbnail

    नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

    स्वदेशी कृषिउपजको बजार सुनिश्चित गर्न उत्पादन याममा आयात नियन्त्रण गर्नुपर्नेमा जोड

    स्वदेशी कृषिउपजको बजार सुनिश्चित गर्न उत्पादन याममा आयात नियन्त्रण गर्नुपर्नेमा जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution