Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काभ्रेपलाञ्चोक

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने एकहप्ते अभियान आजदेखि यहाँ सुरु गरिएको छ ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ दिन अघि)
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक, २१ असोजः सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने एकहप्ते अभियान आजदेखि यहाँ सुरु गरिएको छ ।

यही असोज २७ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा पार्टीका केन्द्रीय प्रतिनिधिका रुपमा सांसदत्रय जगदीश खरेल, गणेश कार्की र कुसुम महर्जन खटिनुभएको छ ।

त्यस अभियानको बनेपामा उद्घाटन गर्दै सांसद महर्जनले अभियानमा सरिक भई आफ्ना समस्या र गुनासा राख्न स्थानीय नागरिकसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अभियानमा उपस्थित भई तपाईंहरुले गुनासा, समस्या तथा विकास निर्माणका विषयमा सुझाव राख्न सक्नुहुन्छ, नभ्याए लिखितरुपमा पनि दिनुस् ।”

अभियानअन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष संवाद, स्थानीय समस्या तथा जनगुनासो सङ्कलन र पार्टीको राजनीतिक अभियानलाई जनस्तरसम्म पु¥याउने कार्यक्रम रहेको जनाइएको छ । पार्टीको केन्द्रीय समितिद्वारा परिचालित प्रतिनिधिले आलोपालो जिल्ला तथा स्थानीय नेता कार्यकर्तासँगको समन्वयमा विभिन्न नगर तथा गाउँपालिकामा नागरिक, कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट गर्नेछन् । त्यसका लागि स्थान र समय तालिकासमेत सार्वजनिक गरिएको छ ।

अभियानबाट स्थानीय तहका समस्या बुझ्ने, जनताका अपेक्षा सुन्ने र पार्टीका आगामी राजनीतिक यात्राका लागि आधार तयार गर्ने उद्देश्य रहेको रास्वपाका जिल्ला सभापति प्रवीणकुमार ढकालले बताउनुभयो । उहाँका अनुसार अभियानलाई केवल राजनीतिक भेटघाटमा मात्रै सीमित नराखी जनताको घरदैलोमा पुगी वास्तविक समस्याबारे जानकारी लिई त्यसको सम्बोधनका लागि केन्द्रलाई सुझाव दिइने छ । उहाँले भन्नुभयो, “यस अभियानले जिल्लाको राजनीतिक अवस्था र नागरिकको अपेक्षालाई नजिकबाट बुझ्ने अवसर प्राप्त हुने अपेक्षा गरेका छौँ ।”

  • काभ्रेपलाञ्चोक
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि

  • Post Thumbnail

    महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

  • Post Thumbnail

    एमालेको स्थानीय तहका कमिटीको अधिवेशन मिति तय

  • Post Thumbnail

    प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    यातायात भाडा समायोजनको माग

    Post Thumbnail

    बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

    Post Thumbnail

    कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि

    Post Thumbnail

    महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution