Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै नेपाली ब्राण्डलाई विश्व बजारमा स्थापित गर्न सरकारले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताउनुभएको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २२ असोजः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै नेपाली ब्राण्डलाई विश्व बजारमा स्थापित गर्न सरकारले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताउनुभएको छ ।

कर्पोरेट नेपालद्वारा आज यहाँ आयोजित ‘नेपाली ब्राण्ड परिसंरचना २०८३’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले नेपालका उत्पादन तथा ब्राण्डको वर्तमान अवस्था पहिचान गर्न वैज्ञानिक विधिबाट गरिएको अध्ययन महत्त्वपूर्ण हुने बताउनुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाली ब्राण्डको प्रवर्द्धनका लागि विद्यमान नीतिगत तथा संरचनागत समस्याको पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । औद्योगिक तथा बौद्धिक सम्पत्तिको संरक्षण र प्रवर्द्धनमा राज्यका सम्बन्धित निकाय, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले नेपालका विशिष्ट उत्पादन, मौलिक पहिचान र भौगोलिक विशेषताबाट अन्तरराष्ट्रिय बजारमा लाभ लिन सकिने बताउनुभयो । भौगोलिक पहिचानसँग जोडिएका उत्पादनलाई बौद्धिक सम्पत्तिका रूपमा संरक्षण गर्दै विश्व बजारमा नेपाली ब्राण्डका रूपमा स्थापित गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

“आजको व्यापार भौगोलिक सीमामा मात्र सीमित छैन । सूचना प्रविधिले हाम्रा उत्पादनलाई विश्व बजारसम्म सहज रूपमा पुर्‍याउने वातावरण बनाएको छ,” सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो ।

सरकारको भूमिका नेपाली उत्पादन र ब्राण्डलाई विश्व बजारमा पुर्‍याउन आवश्यक वातावरण निर्माण गर्ने र प्रक्रियागत रूपमा सहजीकरण गर्ने रहेको उहाँले स्पष्ट पार्नुभयो । यसका लागि आवश्यक नीति, नियम र कानुन निर्माण तथा विभिन्न सरकारी निकायबीच समन्वयलाई सरकारले प्राथमिकतामा राख्ने उहाँको भनाइ थियो ।

नेपाली उत्पादन र ब्राण्डको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नीतिगत रूपमा के–कस्तो काम गर्न सकिन्छ भन्ने विषयमा विभिन्न निकायबीच समन्वय आवश्यक छ । त्यसका लागि सरकार सम्बन्धित सबै पक्षसँग सहकार्य गर्न तयार छ ।”

सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाली ब्राण्डको विकास केवल व्यापारिक विषय नभई मुलुकको अर्थतन्त्रसँग समेत जोडिएको बताउनुभयो । नेपालका विशिष्ट तथा मौलिक उत्पादनलाई प्रभावकारी रूपमा ब्राण्डका रूपमा स्थापित गर्नसके त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने उहाँको भनाइ थियो ।

उहाँले ब्राण्डिङ केवल प्रचार–प्रसारको विषय नभई मौलिकता, नेपालीपन र छुट्टै पहिचान निर्माण गर्ने प्रक्रिया भएको बताउनुभयो । आफ्ना उत्पादन तथा व्यवसायमा नेपालीपन र मौलिक पहिचान स्थापित गर्दै अघि बढ्न सके दीर्घकालीन रूपमा उपभोक्ताको विश्वास र व्यावसायिक सफलता हासिल गर्न सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

  • Post Thumbnail

    ‘दलित बालिकाका मागप्रति लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ’

  • Post Thumbnail

    चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

  • Post Thumbnail

    लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लुटपाटमा संलग्न आयन माझी समूहका तीन जना पक्राउ

    लुटपाटमा संलग्न आयन माझी समूहका तीन जना पक्राउ

    Post Thumbnail

    ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

    Post Thumbnail

    मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन

    Post Thumbnail

    त्रिविको वार्षिक बजेट बृद्धि, कुन शीर्षकमा कति ?

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution