Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

आश्विन कृष्ण द्वादशी : फर्पिङ हरिशङ्करको मुख्य जात्रा मनाइँदै

दक्षिणकाली नगरपालिकाको फर्पिङमा परापूर्वकालदेखि मनाइने हरिशङ्कर यात्रा खट घुमाउने कार्यक्रम सम्पन्न गरिएको छ । भाद्र शुक्ल पूर्णिमादेखि १६
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २१ असोजः दक्षिणकाली नगरपालिकाको फर्पिङमा परापूर्वकालदेखि मनाइने हरिशङ्कर यात्रा खट घुमाउने कार्यक्रम सम्पन्न गरिएको छ । भाद्र शुक्ल पूर्णिमादेखि १६ दिनसम्म फर्पिङ क्षेत्रका पुरातात्विक, सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थानमा खट यात्रा गरी मनाइने हरिशङ्कर जात्राको खट घुमाएर गरिने जात्राको मुख्य दिन आज नगरपालिकाले नगर क्षेत्रभर सार्वजनिक बिदा दिएको नगरपालिकाका उपप्रमुख वसन्ती डङ्गोल तामाङले राससलाई जानकारी दिनुभयो ।

जात्राको मुख्य दिन आज गोपालेश्वर, कुमारी, महालक्ष्मी र शेषनारायणको रथ नगर क्षेत्रमा घुमाइन्छ । माथि महादेव र तल शेषनारायण मूर्ति राख्ने परम्परा रहेको फम्पी जात्रा पर्व सञ्चालन तथा संरक्षण समितिले जनाएको छ । यस जात्राका क्रममा पशुपति क्षेत्रस्थित मृगस्थलीका कानफट्टा जोगी आएर नवदुर्गाको पूजा आराधना एवं बलि दिने परम्परासमेत रहेको उहाँले जानकारी दिनुभयो ।

यात्राको समाप्ति गोपालेश्वरको यात्रा गर्ने मूर्तिलाई मन्दिरबाट देवताको घर (आगमछेँ) मा ल्याएर राखेपछि हुन्छ । यस वर्ष यो कार्यक्रम असोज २३ गते शुक्रबार गरिने समितिले जनाएको छ ।

यो यात्रामा शिखरनारायणलाई हरि र गोपालेश्वरलाई शङ्करका रुपमा मानिन्छ । फर्पिङवासीका अनुसार यहाँको हरिशङ्कर यात्रा एवं भक्तपुरको बिस्केट जात्राका विषयमा मृत्युपश्चात् यमराजले पनि प्रश्न गर्छन् भन्ने विश्वास लिइन्छ । यसैले यी दुवै यात्रा जीवनमा एकपटक हेर्नैपर्ने मान्यता पनि यहाँ छ । भाद्र शुक्ल पूर्णिमाका दिन विधिवत् सुरु गरिने जात्राको विधिविधान भने भाद्र शुक्ल प्रतिपदाकै दिनदेखि सुरु हुने गरेको छ ।

यात्रामा शिखरेश्वर, गोपालेश्वर, नन्दिकेश्वर, अघोरेश्वर, कनकेश्वर, तिलविक्रमेश्वर र सिद्धिगणेश्वरका सातवटा खट बोकिन्छ । सबै खटमा सम्बद्ध देवताका मुखलिङ्ग शैलीका मूर्तिहरू स्थापना गरिएको हुन्छ । यो यात्रामा बोकिने खट नेपालका खटयात्रामध्येमा सबैभन्दा ठूला हुने गरेको छ । यो यात्राको एउटा खट बोक्न कम्तीमा पनि ५० जना मानिस चाहिन्छ ।

हरिवंश पुराणमा विष्णु र शिवलाई एउटै स्वरुप मानिएकाले यो यात्रा चलाउने गरिएको यहाँका वृद्धहरू बताउँछन् । फर्पिङको हरिशङ्कर यात्रा वाणासुरका पालादेखि सुरु भएको विश्वास गरिन्छ । वाणासुरले चलाएको यात्रा भएकाले यसमा आर्य र अनार्यबीचको समन्वयसमेत रहेको स्थानीयवासीको भनाइ छ । जात्राका माध्यमबाट यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्नेगरी प्रचारप्रसार गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

  • Post Thumbnail

    पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

  • मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

  • Post Thumbnail

    भट्टराईको ‘कलेजी प्रेम’ विमोचित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आज दिनभर झरी, शनिबारदेखि सुधार हुने

    आज दिनभर झरी, शनिबारदेखि सुधार हुने

    Post Thumbnail

    पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

    Post Thumbnail

    करेन्ट लागेर भण्डारीको मृत्यु

    Post Thumbnail

    इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution