Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।
रासस १०७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (५१ मिनेट अघि)
सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

कास्की, २० असोजः पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणको काम पूरा भएसँगै यही असोज २५ गते घटस्थापनादेखि मन्दिर भक्तजनलाई लागि खुला गरिने भएको छ । फेवातालको बीचमा रहेको सानो टापुमा अवस्थित मन्दिरमा तालको किनार बाराहीघाटबाट डुङ्गा चढेर पुग्नुपर्छ ।

पुनर्निर्माणका क्रममा मन्दिरमा नियमित पूजाआजा बन्द रहेकाले नजिकैको हवनकुण्ड रहेको स्थानमा चाँदीको मूर्तिमा प्राण प्रतिष्ठा गरी पूजाआजा हुँदै आएको थियो । अब भने पुनर्निर्माण सम्पन्न भएसँगै भक्तजनले मन्दिरभित्रै पुगेर पूजाआजा तथा दर्शन गर्न पाउने भएका छन् ।

विसं २०७२ को विनाशकारी भूकम्पका कारण मन्दिर करिब तीन इन्च दक्षिणतर्फ ढल्किनुका साथै केही भाग दबिएपछि यसको संरचनामा जोखिम देखिएको थियो । पुरातत्व विभागको निर्देशन तथा समन्वयमा विसं २०८० कात्तिकदेखि मन्दिरको पुनर्निर्माण सुरु गरिएको थियो ।

परम्परागत नेपाली मन्दिरको पहिचान झल्कने गरी काठ, इँटा तथा अन्य सामग्रीको प्रयोग गर्दै पुरानै स्वरुपलाई आधार बनाएर पुनर्निर्माण गरिएको मन्दिरका पुजारी समेत रहनुभएका ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले बताउनुभयो । उहाँका अनुसार मन्दिर पुनर्निर्माणको मुख्य काम सबै सम्पन्न भइसकेको र सामान्य रङरोगन तथा सजावटका केही काम मात्र बाँकी छ ।

“मन्दिर ढल्किँदा जोखिम सिर्जना भएको थियो । त्यसैले तीन वर्षअघि पुनर्निर्माण सुरु गरेका थियौँ । डेढ वर्षमा काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले केही ढिला भयो । घटस्थापनाको दिनमा विधिवत रुपमा पुनःपूजा गरेर देवीको शक्ति पुरानो शिलामा सार्नेछौँ । अब भक्तजनले उल्लासपूर्वक पुरानै शिलामा दर्शन तथा पूजाआजा गर्न सक्नुहुन्छ ।” उहाँले भन्नुभयो ।

मन्दिरलाई यसको मौलिक स्वरुप र परम्परागत वास्तुकला कायम हुने गरी पुनर्निर्माण गरिएको हो । प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरका लागि भक्तपुर र ललितपुरबाट दक्ष कालीगढ ल्याइएको थियो ।

प्यागोडा शैलीका मन्दिरमा तहगत छाना, काठका कलात्मक संरचना, परम्परागत झ्लालढोका तथा धार्मिक प्रतीकात्मक आकृतिको प्रयोग भएको छ ।

फेवातालको बीचमा मन्दिर रहेकाले यहाँको धार्मिक आस्था र प्राकृतिक सौन्दर्य एकसाथ अनुभव गर्न सकिन्छ । डुङ्गाबाट मन्दिरतर्फ जाँदा तालको पानी, वरिपरिको हरियाली र हिमाली दृश्यले तालबाराहीलाई धार्मिक गन्तव्यसँगै महत्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा स्थापित गरेको छ ।

मन्दिर पुनर्निर्माणका लागि करिब रु एक करोड ५० लाख खर्च भएको पुजारी पहारीले जानकारी दिनुभयो । त्यसमा पुरातत्व विभागबाट रु छ लाख सहयोग प्राप्त भएको र बाँकी रकम भक्तजनबाट सहयोग जुटाएर मन्दिर व्यवस्थापन समितिले खर्च गरेको उहाँले बताउनुभयो ।

तालबाराही मन्दिरको इतिहास निकै पुरानो मानिन्छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले फेवातालको बीचमा रहेको ढिस्कोमा खरको झुप्रो बनाएर मन्दिर स्थापना गरेको जनश्रुति छ । मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहेको स्थानीय धार्मिक मान्यता छ ।

प्राचीन समयमा माटोको ढिस्कोमा रहेको शिलालाई देवीका रूपमा पूजा गर्न थालिएको र पछि त्यही स्थानमा मन्दिर स्थापना गरिएको बताइन्छ । सामान्य झुप्रोको स्वरुपमा रहेको मन्दिरलाई तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा अहिलेको स्वरुपमा निर्माण गराउनुभएको थियो । त्यसपछि तालबाराही मन्दिर पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित भएको हो ।

मन्दिर पुनर्निर्माण सम्पन्न भएर घटस्थापनादेखि नियमित पूजाआजा सुरु भएपछि तालबाराहीमा स्वदेशी तथा विदेशी पर्यटक र भक्तजनको चाप बढ्ने अपेक्षा गरिएको छ ।

फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले मन्दिर पुनर्निर्माण भइरहेका कारण भक्तजनले मन्दिरभित्र नियमित पूजाआजा गर्न नपाउँदा डुङ्गा चढ्ने यात्रुको संख्यामा केही कमी आएको बताउनुभयो ।

“मन्दिर पुनर्निर्माण भइरहेकाले भक्तजनले नियमित रूपमा पूजा गर्न पाएका थिएनन् । त्यसको प्रभाव डुङ्गा व्यवसायमा पनि परेको थियो । अब मन्दिर सञ्चालनमा आएसँगै भक्तजन तथा पर्यटकको सङ्ख्या उल्लेख्य बढ्ने अपेक्षा गरेका छौँ ।” उहाँले भन्नुभयो ।

फेवातालको किनारबाट करिब पाँच मिनेट डुङ्गा यात्रामा तालबाराही मन्दिर पुग्न सकिन्छ । तालबाराही मन्दिर रहेको क्षेत्र करिब तीन रोपनी आठ आना दुई दाममा फैलिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • कास्की
  • बारा
  • भक्तपुर
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

  • मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

  • Post Thumbnail

    भट्टराईको ‘कलेजी प्रेम’ विमोचित

  • Post Thumbnail

    जितिया पर्वको निराहार व्रत समापन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

    Post Thumbnail

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution