Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२÷०८३ मा पर्यटक शुल्कबाट ६७ करोड ७५ लाख ९० हजार नौ
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

गण्डकी, १९ असोज ः अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२÷०८३ मा पर्यटक शुल्कबाट ६७ करोड ७५ लाख ९० हजार नौ सय ८६ रुपैयाँ सङ्कलन गरेको छ । गत आवमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएपछि प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको हो ।

आयोजना प्रमुख डा रविन कडरियाका अनुसार गत आवमा दक्षिण एसियाली मुुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ रहेका छन् गरी कुल पाँच लाख आठ हजार चार सय ७६ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए ।

तीमध्ये सबैभन्दा बढी तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक थिए । ‘एक्याप’ले दक्षिण एसियाली मुलुकका पर्यटकबाट रु. एक हजार र अन्य मुलुकका पर्यटकबाट रु. तीन हजार (भ्याटसहित) प्रवेश शुल्क लिने गरेको छ । “गत आवमा भारतीय पर्यटक धेरै आएका कारण पर्यटक शुल्कबाट उठ्ने रकम पनि बढ्यो”, आयोजना प्रमुख डा कडरियाले भन्नुभयो ।

पर्यटक संख्यासँगै पर्यटक शुल्कबाट उठ्ने रकम पनि अहिलेसम्मकै धेरै रहेको उहाँले बताउनुभयो । आव २०८१÷०८२ मा पर्यटकको प्रवेश शुल्क बापत जम्मा रु. ४६ करोड ४८ लाख ८१ हजार चार सय ८४ सङ्कलन भएको थियो । आव २०८०÷०८१ मा ३८ करोड ९४ लाख ६१ हजार चार सय ८३ पर्यटक शुल्क उठेको थियो ।

गत आवमा भारतसहित एक सय ६९ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको आयोजना कार्यालयको आँकडाले देखाएको छ । आव २०८१÷०८२ को तुलनामा गत आवमा झण्डै दोब्बर बढी पर्यटक आएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । आव २०८१÷०८२ जम्मा दुई लाख ७८ हजार एक सय १३ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।

पर्यटक शुल्कलगायतबाट हुने आम्दानीको ठूलो हिस्सा संरक्षण गतिविधि र पर्यटन प्रवद्र्धनका कार्यक्रममा खर्च हुने गरेको उहाँले बताउनुभयो । ‘एक्याप’का लागि सरकारले छुट्टै बजेट नदिने र यहीँको आम्दानीबाट कार्यालय, कर्मचारी व्यवस्थापदेखि वार्षिक कार्यक्रम सञ्चालन हुने गरेको आयोजना प्रमुख डा कडरियाको भनाइ छ । स्थानीय स्तरमा रहेका संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत बजेट र कार्यक्रम कार्यान्वयन हुने गरेको छ ।

‘एक्याप’ले पदमार्ग निर्माण, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन, संरक्षण शिक्षालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी ‘एक्याप’मै रहने र जटिबुटी सङ्कलनलगायत प्राकृतिक स्रोतको उपयोग बापत उठ्ने रकम नेपाल सरकारको राजश्वमा जम्मा हुने गरेको आयोजना कार्यालयले जनाएको छ ।

‘एक्याप’भित्र सञ्चालित जलविद्युत् आयोजनाको शुल्क, पर्वतारोहण शुल्क, निषेधित क्षेत्र प्रवेश शुल्क आदिबाट पनि राजश्व सङ्कलन हुँदै आएको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा प्रवेश गर्ने पर्यटकबाट गत आवमा रु. २१ करोड ६९ लाख ९७ हजार पाँच सय प्रवेश शुल्क सङ्कलन भएको जनाइएको छ । निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुने गरेको छ ।

पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा दुई मुख्य पर्यटकीय याम असोज–कात्तिक र चैत–वैशाखमा पदयात्राका लागि बढी पर्यटक आउने गरेका छन् । वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको संख्या न्यून हुने गरेपनि अन्य सययमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् ।

मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

  • कास्की
  • गण्डकी
  • मनाङ
  • मुस्ताङ
  • म्याग्दी
  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

  • Post Thumbnail

    भट्टराईको ‘कलेजी प्रेम’ विमोचित

  • Post Thumbnail

    जितिया पर्वको निराहार व्रत समापन

  • Post Thumbnail

    मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कोहलपुर नगर अस्पतालमा ‘एन्टिरेबिज भ्याक्सिन’ सेवा

    कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

    कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

    दुई कास्य पदकमा रोकिएको नेपालको नागोया यात्रा

    दुई कास्य पदकमा रोकिएको नेपालको नागोया यात्रा

    Post Thumbnail

    लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution