Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

नेपाली कांग्रेसको १५ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी दिएकाको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसको १५ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी दिएकाको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो । सभापति एक, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, महामन्त्री तीन, सहमहामन्त्री १५, कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ ।

सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । त्यसअनुसार निर्वाचित हुने पदाधिकारी सङ्ख्या १९ जनाको हुनेछ । निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ ।

पार्टी सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभापति पदमा वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र पूर्वक्षेत्रीय सभापति श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको छ ।

यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापति (दुई पदका लागि) गोविन्द भट्टराई, डा चन्द्रकान्त भण्डारी, प्रा डा चन्द्रमोहन यादव, दीपक गिरी, देवराज चालिसे, धनराज गुरुङ, मधु आचार्य, डा मिनेन्द्रप्रसाद रिजाल र सुरेन्द्रराज पाण्डेको उम्मेदवारी परेको छ । महिला उपसभापति (एक पदका लागि) पुष्पा भुसाल, समावेशी उपाध्यक्ष (एक पदका लागि) जीवन परियार, फरमुल्लाह मन्सुर, विनोदकुमार चौधरी, रञ्जित कर्ण र सीता गुरुङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, खुला महामन्त्री (दुई पदका लागि) अमरसिंह पुन, उदयशम्शेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, डा सुनिल शर्मा र डा सन्तोष उपाध्यायको उम्मेदवारी परेको छ भने महिला महामन्त्रीमा डा डिला सङ्ग्रौला पन्त, महालक्ष्मी उपाध्याय (डिना) र रीता खनालको उम्मेदवारी परेको छ ।

यस्तै, १४ सहमहामन्त्री पदमा सहमहामन्त्री महिलातर्फ (एक पदका लागि) नानु बाँस्तोला र प्रतिमा गौतम, सहमहामन्त्री खुला (दुई पदका लागि) अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्र कँडेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुङ्गानाले उम्मेवारी दिनुभएको छ ।

त्यसैगरी, सहमहामन्त्री आदिवासी जनजाति (एक पदका लागि) ओमबहादुर घर्तीमगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमान सिंह मास्के र बहादुरसिंह लामाको उम्मेवारी परेको छ भने सहमहामन्त्री दलिततर्फ (एक पदका लागि) नरेन्द्र पासवान, प्रकाश रसाइली स्नेही, मानबहादुर नेपाली र लक्ष्मी परियारको उम्मेवारी परेको छ ।

यस्तै, मधेसी सहमहामन्त्री (एक पदका लागि) अजयकुमार चौरासिया, अभिषेकप्रताप शाह, किरण यादव, नागिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ताकुमारी यादव र रामपल्टन शाहको उम्मेवारी परेको छ भने खस आर्यतर्फ सहमहामन्त्री (एक पदका लागि) जगदीश्वरनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतको उम्मेवारी परेको निर्वाचन समितिले जनाएको छ ।

सहमहामन्त्री थारूतर्फ (एक पदका लागि) तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीको उम्मेवारी परेको छ भने सहमहामन्त्री मुस्लिमतर्फ (एक पदका लागि) अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा फिरदोस आलमको उम्मेवारी परेको छ । त्यसैगरी, सहमहामन्त्री पिछडिएको क्षेत्र (एक पदका लागि) जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर विष्ट, नारायणप्रसाद भट्टराई, मीनबहादुर भाम र राजन कुँवरको उम्मेवारी परेको छ ।

यस्तै, सहमहामन्त्री अल्पसङ्ख्यक वा अपाङ्गतातर्फ (एक पदका लागि) आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकालीको उम्मेवारी परेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, केन्द्रीय सदस्यमा पनि उल्लेख्य मात्रामा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रथम नामावलीमा कुनै दाबीविरोध रहेमा प्रक्रियासम्मत दाबी विरोधका लागि आज बिहान १०ः०० देखि १२ः०० बजेसम्मका लागि समय तोकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

  • जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

    जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

  • Post Thumbnail

    सर्वोच्च अदालतमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस

  • सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

    Post Thumbnail

    छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ

    बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    Post Thumbnail

    आश्विन कृष्ण द्वादशी : फर्पिङ हरिशङ्करको मुख्य जात्रा मनाइँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution