Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धादिङ

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

जनताको समस्या, अपेक्षा र जनप्रतिनिधिप्रतिको धारणा प्रत्यक्ष रूपमा बुझ्न पार्टीले ‘हामी आउँदैछौँ’ अभियान सञ्चालन
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (१ घण्टा अघि)
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

धादिङ, २० असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य जगदीश खरेलले जनताको समस्या, अपेक्षा र जनप्रतिनिधिप्रतिको धारणा प्रत्यक्ष रूपमा बुझ्न पार्टीले ‘हामी आउँदैछौँ’ अभियान सञ्चालन गरेको बताउनुभएको छ ।

रास्वपा धादिङले आज धादिङबेसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उहाँले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजनीतिक प्रवृत्तिको अन्त्य गर्दै नागरिकसँग नियमित संवाद गर्न अभियान सुरु गरिएको बताउनुभयो । “सिंहदरबार र जनताको घरबीचको दूरी बढ्दा जनताको सुखदुःख बुझ्न सकिँदैन”, उहाँले भन्नुभयो, “त्यसैले जनताको घरदैलोमै पुगेर उहाँहरूको समस्या, चाहना र अपेक्षा बुझ्न हामी आएका हौँ ।”

प्रवक्ता खरेलले अभियानका क्रममा वडा तहसम्मका पार्टी नेता तथा कार्यकर्तासँग छलफल गरी प्राप्त सुझावलाई पार्टीको नीति निर्माण र सङ्गठनात्मक सुधारमा उपयोग गरिने बताउनुभयो । प्रतिनिधिसभा सदस्य एउटा निर्वाचन क्षेत्रमा मात्र सीमित नभई देशभरका नागरिकका सवाल उठाउन जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।

धादिङ आउने क्रममा बाढीबाट क्षतिग्रस्त सडक र पुलको अवस्था प्रत्यक्ष देखेको उल्लेख गर्दै उहाँले क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनःनिर्माण आवश्यक रहेको बताउनुभयो । भोटेकोशी बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

अभियानका लागि प्रवक्ता खरेलसँगै प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ, डा राम लामा र पार्टीकी केन्द्रीय सदस्य सुशीला कार्की धादिङ आउनुभएको छ । रास्वपा धादिङका सभापति राजन अर्यालका अनुसार टोलीले धादिङका विभिन्न स्थानीय तहका टोल तथा बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय भएको छ । अभियानका क्रममा स्थानीय समस्या, सुझाव र अपेक्षा सङ्कलन गरी पार्टीको केन्द्रीय तहसम्म पुर्‍याइने उहाँले जानकारी दिनुभयो ।

  • ‘हामी आउँदैछौँ’
  • (रास्वपा)
  • धादिङ
  • धादिङको राजनिति
  • प्रवक्ता खरेल
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • रास्वपा धादिङ
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • जुम्लामा मार्सीधान पाक्न थाल्यो

    जुम्लामा मार्सीधान पाक्न थाल्यो

  • Post Thumbnail

    किसान परिचयपत्र वितरण गर्न माग

  • नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

  • Post Thumbnail

    सर्वोच्च अदालतमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पर्यटकलाई दुःख दिने १५ जना पक्राउ

    जुम्लामा मार्सीधान पाक्न थाल्यो

    जुम्लामा मार्सीधान पाक्न थाल्यो

    Post Thumbnail

    किसान परिचयपत्र वितरण गर्न माग

    Post Thumbnail

    नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution