Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ । भरतपुर
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ दिन अघि)
Post Thumbnail

चितवन, २१ असोजः नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ । भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये २० किलोमिटरमा तटबन्ध गरिएको छ । यसमध्ये एक किलोमिटर १५० मिटर तटबन्धमा बाढीले असर पुर्याएको हो ।

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार चितवनतर्फको सिद्धिगणेश वन क्षेत्रमा ६०० मिटर, मझुवा वन क्षेत्रमा ३०० मिटर, हिरापुरक्षेत्रमा १०० मिटर, गौरेस्वर, गाँजीपुर, कटेरो क्षेत्रमा ५० मिटरका दरले बाढीले तटबन्धमा असर पुर्याएको हो । बाढीका कारण तटबन्धमा क्षतिसँगै डुबान भएको छ ।

नारायणी पुलदेखि पश्चिम क्षेत्र चितवनतर्फ धेरै तटबन्ध भएकाले अहिलेको वर्षाले ठूलो क्षति हुन नपाएको उहाँले बताउनुभयो । तटबन्ध गर्न बाँकी रहेका केही ठाउँबाट बाढी बस्तीमा पसे पनि क्षति हुन नपाएको उहाँले बताउनुभयो । बाढीले नवपरासीतर्फको तटबन्धको काम नभएको क्षेत्रमा ठूलो क्षति भएको उहाँले बताउनुभयो । नवलपरासीतर्फ अमलटारी क्षेत्रमा तीन किलोमिटर, नन्दपुर, सीतापुर, सेरी क्षेत्रमा दुई किलोमिटर क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।

यस्तै पर्सौनी, तमासपुर, बगुवानसम्म विभिन्न स्थानमा गरी १५ किलोमिटर, खोटेसिमलदेखि ब्रह्मस्थानसम्म ५०० मिटर, पिठौजी, नौनेघाट, घोसारघाट क्षेत्रमा ७०० मिटर र सुस्ता क्षेत्रमा एक किलोमिटर ५०० मिटर क्षेत्रफलमा बाढीले क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो । ती क्षेत्रमा तटबन्धको काम कम भएकाले क्षति धेरै भएको हो । तटबन्ध गरिएका ठाउँहरूमा सामान्य क्षतिमात्र रहेको छ ।

उहाँका अनुसार नवलपरासी क्षेत्रमा नौ किलोमिटर क्षेत्रमा मात्र तटबन्ध गरिएको छ । नवलपरासी क्षेत्रमा नारायणी पुलबाट तल ९८ किलोमिटर क्षेत्र पर्दछ । तटबन्धका काम नभएका क्षेत्रमा बाढीले कटान गरेको उहाँको भनाइ छ । तटबन्धका कारण चितवनतर्फ क्षति कम भएको र नवलपरासीतर्फ काम हुन नसक्दा बढी क्षति भएको हो ।

  • चितवन
  • नवलपरासी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

  • बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

  • Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

  • ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

    ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

    Post Thumbnail

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    Post Thumbnail

    मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

    Post Thumbnail

    कांग्रेसको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution