Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २० असोजः वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्पेन, रोमानिया, न्युजिल्याण्ड र बेलायत पठाइदिने भन्दै पीडितबाट ठूलो रकम लिएर सम्पर्कविहीन भएका उनीहरुलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँका दीपेन्द्र दाहाल, धादिङका रमेश दनै, बागलुङका युवराज रिजाल र रोल्पाका वीरसिंह बाठा छन् । प्रहरीका अनुसार दाहालले स्पेन पठाइदिने भन्दै रु ३५ लाख ९४ हजार लिएका थिए ।

त्यसैगरी, दनैले रोमानिया पठाइदिने भन्दै रु दुई लाख, रिजालले न्युजिल्याण्ड पठाइदिने भन्दै रु चार लाख र बाठाले बेलायत पठाइदिने भन्दै रु १६ लाख ७८ हजार रकम उठाएको उजुरी परेको थियो ।

रकम लिएर सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • धादिङ
  • रोल्पा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    सुनचाँदी व्यवसायीलाई करसम्बन्धी अभिमुखीकरण

  • Post Thumbnail

    देशभर १७ विपद्का घटना, तीनको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

    Post Thumbnail

    म्याग्दीमा बाढी पहिरोबाट अर्बौंको क्षति

    Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

    Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution