Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

म्याग्दीमा बाढी पहिरोबाट अर्बौंको क्षति

अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पु¥याएको क्षतिको प्रारम्भिक विवरण मङ्गलबार सार्वजनिक गरिएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (५१ मिनेट अघि)
Post Thumbnail

म्याग्दी, २१ असोजः अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पु¥याएको क्षतिको प्रारम्भिक विवरण मङ्गलबार सार्वजनिक गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सात जनाको मृत्यु र दुई वेपत्ता भएको विपद्का कारण सडक, खानेपानी, नदी नियन्त्रण, विद्युत्, सञ्चार, सिँचाइ पूर्वाधार र निजी सम्पत्तिमा अर्बौंको क्षति भएको विवरण सार्वजनिक गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेले सुरक्षा निकायका प्रमुखको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा विपद्पछिको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्नुभएको थियो । “जिल्लाभर १११ घर पूर्ण रुपमा क्षति भएको छ,” उहाँले भन्नुभयो, “९३ घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर पहिरोको उच्च जोखिममा परेको छ ।”

प्रारम्भिक विवरणअनुसार बेनी–जोमसोम सडकखण्डमा मात्रै करिब रु ८० देखि ९० करोड बराबरको क्षति भएको छ । बेनी–दरबाङ सडकखण्डमा करिब रु आठ करोडको क्षति पुगेको छ । सदरमुकाम बेनीमा वितरण हुने खानेपानीका संरचनामा रु आठदेखि १० करोड बराबरको क्षति भएको छ ।

यस्तै, विद्युत् संरचनामा करिब रु दुई करोड ५० लाखको क्षति पुगेको प्रशासनले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक राजन कार्कीले पूर्वसर्तकता र सावधानीले मानवीय क्षति न्यूनीकरण भएको बताउँदै भौतिक क्षति भने अकल्पनीय रहेको बताउनुभयो । विपद्पछि खोज, उद्धार र राहतमा तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि र सङ्घसंस्था परिचालन भएका छन् ।

बाढीपहिरोका कारण नेपाल टेलिकमको अप्टिकल फाइबरमा क्षति पुगेको तथा तीनवटा टावरमा इन्धन अभाव भएपछि सञ्चार सेवा प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा शिख, पुनहिल, पोखरेबगर, घोरेपानी, बेगखोलालगायत ग्रामीण क्षेत्र अझै अन्धकारमा रहेको छ ।

खोजी, उद्धारको चरणपछि राहत वितरण, विस्थापितको व्यवस्थापन, क्षतिको विवरण सङ्कलन कार्यलाई पूर्णता, अवरुद्ध सडक, विद्युत, सञ्चार र खानेपानी पुनः सञ्चालन गराउन केन्द्रित भएको प्रजिअ गैरेले बताउनुभयो ।

सडक सम्पर्कविच्छेद भएका अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा हेलिकप्टरमार्फत ३०० भन्दा बढी घरपरिवारलाई राहत सामग्री पु¥याइएको छ । विपद्का कारण जोखिममा परेका दुई गर्भवती तथा दुई जना गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गरी तत्काल अस्पताल पु¥याइएको उहाँले जानकारी दिनुभयो ।

बाढीपहिरोबाट विस्थापित परिवारलाई हाल स्थानीय विद्यालय, सामुदायिक भवन तथा आफन्तको घरमा राखिएको छ । पूर्णरुपमा घर क्षति भएका परिवारका लागि तत्काल अस्थायी आवासका रुपमा बलिया टेन्टको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।

बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधार मर्मतको काम तीव्र पारिएको छ । हाल बेनी–दरबाङ–मुना र बेनी–जोमसोम सडकको बैसरीसम्म सञ्चालनमा आएको छ । बाढीपहिरो प्रभावित क्षेत्रको जोखिम अध्ययनका लागि बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकामा भौगर्भिक टोलीले अध्ययन सम्पन्न गरिसकेको छ । अन्नपूर्ण, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जोखिमयुक्त क्षेत्रमा थप भौगर्भिक अध्ययनका लागि पहल भइरहेको प्रशासनले जनाएको छ ।

विपद्बाट विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा प्रभावितको जीवनलाई पुरानै अवस्थामा फर्काउन केन्द्रित हुने प्रजिअ गैरेले बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

  • मुटु भक्कानीने, भोटेकोशी बाढीको त्यो क्षण

    मुटु भक्कानीने, भोटेकोशी बाढीको त्यो क्षण

  • जहाँ युवाको सम्मान हुन्छ, त्यहीँबाट देशमा समृद्धिको मूल फुट्छ

    जहाँ युवाको सम्मान हुन्छ, त्यहीँबाट देशमा समृद्धिको मूल फुट्छ

  • बेनी–जोमसोम–कोरला सडक :  मर्मत जारी

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

    Post Thumbnail

    म्याग्दीमा बाढी पहिरोबाट अर्बौंको क्षति

    Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

    Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution