
जुम्ला, २० असोजः गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका धानफाँट पँहेलपुर हुन थालेका छन् ।
पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । यो याममा खेतबारी मार्सीधानलगायत अन्य जातको धानले पँहेलपुर भएको छ ।
मार्सीधान, संरक्षण प्रवर्द्धनमा प्रदेश सरकारको प्रथामिकतामा परेको छ । कार्यक्राअन्तर्गत प्राङ्गारिक कृषि प्रवद्र्धन, रैथाने बाली विकास र संरक्षणका लागि प्रदेशको कृषि मन्त्रालयबाट रु ८ लाख ५० हजार बजेट विनियोजन भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाबाट मार्सीधान ब्लक विकास कार्यक्रमका लागि रु ८ लाख प्राप्त भएको छ । जिल्लामा दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धान खेतीहुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सीधान उत्पादन हुने गरेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।
गत वर्ष कात्तिकदेखि फागुन मसान्तसम्म करिब १७५ मेट्रिक टन मार्सी धानको चामल बिक्री वितरण गरिएको थियो । सोबाट रु तीन करोड ५० लाख किसानले आम्दानी गरेको कार्यालयले जनाएको छ । कृषि अनुसन्धान केन्द्रले चन्दननाथ १ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउन सिफारिस गरिएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |