Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
पोखरा

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (१ घण्टा अघि)
बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा, २० असोजः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ । बाढीपहिरोका कारण अवरुद्ध भएको बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा आएसँगै पर्यटकहरु घान्द्रुक पुग्न थालेका हुन् ।

बाटो सहज भएसँगै गाउँमा पर्यटकको चहलपहल सुरु हुन थालेको घान्द्रुकस्थित निर्मल भिल्लाकी प्रबन्ध निर्देशक स्नेहा गुरुङले जानकारी दिनुभयो । बाढिपहिरोले बाटो अवरुद्ध हुँदा शून्य अवस्थामा पुगेको घान्द्रुकको पर्यटन व्यवसाय अब चलयमान हुने आशा जागेको उहाँले बताउनुभयो । “चाडपर्वसँगै पर्यटकको सिजन पनि सुरु भयो । बाटो पनि सहज भएको छ,” उहाँले भन्नुभयो, “असार, साउन र भदौमा पर्यटक शून्य नै थियो । अहिले विस्तारै आउन सुरु गर्नु भएको छ । अब केही हुन्छ की भन्ने आशा पलाएको छ ।”

होटल रक एण्ड मुडका सञ्चालक तथा रोधी क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले घान्द्रुक पुग्ने बाटो सहज बनेको सन्देश फैलाउन जरुरी रहेको बताउनुभयो । “पर्यटक आउन सुरु गर्नुभएको छ तर तर अझै पनि धेरैलाई बाटो खराब छ भन्ने लागेको हुनसक्छ,” उहाँले भन्नुभयो, “धेरैले घान्द्रुकको बनेको छैन भनेर योजना क्यान्सिन पनि गर्नुभएको होला । अब हामीले बाटो सहज छ ढुक्कसँग घुम्न आउनुहोला भन्ने सन्देश प्रवाह गर्नुपर्नेछ ।”

निरन्तरको वर्षाले विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर बाटो सहज बनाएपछि पर्यटक घान्द्रुक पुग्न थाले पनि सोचेअनुरुप नभएको उहाँको भनाइ छ । “साउन भदौमा जस्तो पाहुना आउँदै नआएको त हैन् । तर अझै पर्याप्त छैन”, उहाँले भन्नुभयो, “मेरो होटलमा ४५ जनासम्म राख्न सक्छु । यो समयमा अघिल्ला वर्षहरुमा भरिभराउ हुन्थ्यो तर यो पटक दैनिक पाँच सात मात्र जना आउनुभएको छ ।”

बाटोसँगै मौसम खुलेपछि घान्द्रुकको पर्यटन व्यवसाय विस्तारै चलयमान हँुदै गएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । अहिले दैनिक रुपमा दुई देखि तीन सय पर्यटक घान्द्रुक पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । “यो बेला पर्यटक आउने समय नै हो । यही समयमा बाटो बिग्रँदा निकै चिन्ता लागेको थियो । सबैको पहलमा बाटो बनाएपछि पाहुना आउन थाल्नुभएको छ,” उहाँले भन्नुभयो, “पहिला पहिला यही समयमा बस्ने ठाउँ नपुगेर पाहुना फर्काउनुपर्ने अवस्था थियो । यो वर्ष विस्तारै बढ्ने क्रम जारी छ । अहिले दैनिक दुई तीन सय जना आउनुहुन्छ ।”

अध्यक्ष गुरुङ पनि घान्द्रुकको बाटो सहज भएको सन्देश सबैसामु पु¥याउनुपर्ने बताउनुहुन्छ । “यो समय सबैभन्दा बढी नेपाली पाहुनाहरु आउने समय हो । निरन्तर वर्षा हुँदा बाटो अवरुद्ध भएको थाहा भए पनि खुलेको थाहा नहुन सक्छ,” उहाँले भन्नुभयो, “त्यसैले हामी घान्द्रुकवासीको एउटै आग्रह छ । मौसमसँगै बाटो पनि खुलेको छ । निर्धक्क भएर घुम्न आउनुहोला हामी स्वागत गर्न तयार छौँ ।”

अध्यक्ष गुरुङका अनुसार पर्यटकीय गाउँ घान्द्रुकमा एक दिनमा दुई हजार पाँच सय पाहुना राख्न सकिन्छ । पाहुना धेरै भएको खण्डमा गाउँकै घरहरुमा पनि व्यवस्थापन गर्न सकिने उहाँले जानकारी दिनुभयो । “घान्द्रुकमा अहिले होटल ९५ वटा र ४५ वटा होमस्टे छन् । यी होटल तथा होमस्टेमा एक दिनमा दुई हजार पाँच सय पाहुना राख्न सकिन्छ,” उहाँले भन्नुभयो, “पाहुना धेरै भएको खण्डमा व्याक्तिगत घरमा पनि व्यवस्थापन गर्न सकिन्छ । गाउँ आएको पाहुना फर्काउन नपरोस् भन्ने हाम्रो मान्यता छ ।”

राष्ट्रिय समाचार समिति (रासस)

  • कास्की
  • पोखरा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

  • Post Thumbnail

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

  • Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल टुभालुमा

  • Post Thumbnail

    बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    Post Thumbnail

    कांग्रेस १५औँ महाधिवेशनः उम्मेदवारी दर्ता सुरू

    Post Thumbnail

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

    Post Thumbnail

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution