Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
लमजुङ

सेवा विस्तारसँगै प्रदेश अस्पतालमा सेवाग्राही बढ्दै

उपचारका नयाँ तथा विशिष्टीकृत सेवा थपिँदै गएपछि लमजुङको बेँसीसहर नगरपालिका-८ स्थित प्रदेश अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको छ
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

लमजुङ, १९ असोजः उपचारका नयाँ तथा विशिष्टीकृत सेवा थपिँदै गएपछि लमजुङको बेँसीसहर नगरपालिका-८ स्थित प्रदेश अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको छ । जटिल उपचार तथा शल्यक्रिया हुन थालेपछि लमजुङसँगै तनहुँ, मनाङलगायत जिल्लाबाट पनि उपचारका लागि सेवाग्राही आउन थालेका छन् ।

अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार सेवा विस्तारसँगै अस्पतालमा आउने सेवाग्राहीको सङ्ख्या उल्लेख्य बढेको छ । पहिले बहिरङ्ग (ओपिडी) मा दैनिक २०० देखि २५० जना सेवाग्राही आउने गरेकामा अहिले ४५० जनासम्म आउने गरेका उहाँले जानकारी दिनुभयो ।

आकस्मिक, ओपिडीलगायत सबै सेवा जोड्दा दैनिक ६०० सम्म सेवाग्राहीले अस्पतालबाट सेवा लिने गरेका सूचना अधिकारी रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा १७ हजार २३ जनाले अस्पतालबाट सेवा लिएका छन् ।

अस्पताल व्यवस्थापक प्रमिला ढकालका अनुसार पछिल्ला चार आर्थिक वर्षमा अस्पतालबाट सेवा लिनेको सङ्ख्या निरन्तर बढिरहेको छ । आव २०७९/८० मा ७५ हजार ६२२, आव २०८०/८१ मा ९१ हजार ५४, आव २०८१/८२ मा एक लाख १३ हजार ८३७ र आव २०८२/८३ मा एक लाख १५ हजार ३०८ ले सेवा लिएका उहाँले जानकारी दिनुभयो ।

सेवाग्राहीको सङ्ख्या बढेसँगै अस्पतालका प्रयोगशाला तथा निदानात्मक सेवाको प्रयोगमा समेत वृद्धि भएको छ । आव २०७९/८० मा ३३ हजार ८३७ जनाले प्रयोगशाला सेवा लिएकामा आव २०८२/८३ मा ४३ हजार १५५ पुगेको छ । सोही अवधिमा एक्स-रे सेवा १६ हजार ८३४ बाट बढेर २५ हजार ३४१, अल्ट्रासोनोग्राफी सात हजार ५२२ बाट बढेर १२ हजार ७३१ र इसिजी सेवा चार हजार १८६ बाट बढेर ११ हजार ५५० पुगेको व्यवस्थापक प्रमिला ढकालले जानकारी दिनुभयो ।

आकस्मिकतर्फ सेवा लिनेको सङ्ख्या पनि १० हजार १३२ बाट बढेर ११ हजार ३०७ पुगेको अस्पतालले जनाएको छ । जिल्लामै उपचारका विभिन्न सेवा उपलब्ध हुन थालेपछि अन्यत्र जानुपर्ने बाध्यता कम हुनुका साथै सेवाग्राहीको समय र उपचार खर्चसमेत बचत भएको अस्पताल व्यवस्थापक प्रमिला ढकालको भनाइ छ ।

अस्पतालले पछिल्लो समय उपचारसँगै रोकथाम तथा विशेषज्ञ सेवाको विस्तारलाई पनि प्राथमिकता दिएको छ । गत आर्थिक वर्षमा लमजुङमा पहिलोपटक रेबिजविरुद्धको मानव इम्युनोग्लोबुलिन सेवा सुरु गर्नुका साथै इन्डोस्कोपी, सिस्टोस्कोपी, म्याक्सिलोफेसियल शल्यक्रिया, छालारोग तथा नाक, कान तथा घाँटी सेवाको विस्तार गरिएको उहाँले जानकारी दिनुभयो । ल्याप्रोस्कोपिक शल्यक्रिया, फिजियोथेरापी र जैवचिकित्सकीय प्रयोगशाला सेवासमेत विस्तार गरिएको अस्पतालले जनाएको छ ।

त्यस्तै, क्यान्सर परीक्षण, गर्भवती तथा सुत्केरीको स्वास्थ्य परामर्श, नवजात शिशुमा जन्मजात रोग पहिचान, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि निःशुल्क परीक्षण तथा स्वास्थ्य सेवा र विपन्न तथा बेवारिसे व्यक्तिका लागि निःशुल्क उपचारलगायत कार्यक्रम सञ्चालन गरिएको छ ।

दूरचिकित्सा सेवा, स्वास्थ्य शिविर, रक्तदान, विपद् व्यवस्थापनसम्बन्धी अभ्यास तथा तालिम र आकस्मिक अवलोकन कक्षको व्यवस्थाले अस्पतालको सेवा क्षमता थप विस्तार भएको जनाइएको छ । सेवा विस्तारसँगै सेवाग्राहीको सङ्ख्या बढ्दै गएपछि अस्पतालको जनशक्ति, पूर्वाधार तथा व्यवस्थापनमा समेत थप चाप परेको छ । बढ्दो सेवाग्राहीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक जनशक्ति, पूर्वाधार तथा व्यवस्थापनलाई थप सुदृढ बनाउनुपर्ने सरोकार भएकाहरूको भनाइ छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • तनहुँ
  • मनाङ
  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    चितवन मेडिकल कलेजमा स्तन क्यान्सरसम्बन्धी सचेतना अभियान

  • Post Thumbnail

    बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन

  • Post Thumbnail

    कोहलपुर नगर अस्पतालमा ‘एन्टिरेबिज भ्याक्सिन’ सेवा

  • Post Thumbnail

    लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution