Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई केन्द्रमा राखेर काम थालिएको बताउनुभएको छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (१ घण्टा अघि)
प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता  :  मुख्यमन्त्री शाही

कर्णाली, १९ असोज : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई केन्द्रमा राखेर काम थालिएको बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गठित मूल आयोजक समितिको सचिवालय उद्घाटन गर्दै आसन्न मङ्सिर १६–२७ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिता भव्य र व्यवस्थित रुपले सम्पन्न गर्ने मुख्य उद्देश्यका साथ अगाडि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रतियोगिता सञ्चालनमा हुने अपुगतालाई पूरा गर्नेतर्फ जोड दिएका छौँ । खेल पूर्वाधार, खेलाडीहरुको लागि आवासको व्यवस्थापन, प्रशिक्षणलगायतका गतिविधिहरु अगाडि बढिरहेका छन् ।” खेल सम्पन्नताका लागि युद्धस्तरमा काम भइरहेको बताउँदै मुख्यमन्त्री शाहीले प्रदेश सरकार प्रतियोगिताको कोर्स पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले खेल क्षेत्रको महापर्व सुरुआत भइसकेकोले सबै सरोकारवालालाई आआफ्नो तहबाट सहयोग गर्न अपिल गर्नुभयो । प्रतियोगिताका लागि आवश्यक हुने सबै तयारी पूरा प्रदेश सरकार दसैँ जिल्लाको वस्तुस्थिति र भइरहेका क्रियाकलापबारे जानकारी दिइने मन्त्री मल्लले बताउनुभयो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष तथा आवास व्यवस्थापन समितिका संयोजक प्रमोद हमालले प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि यहाँका होटल, रेस्टुरेण्ट तथा होमस्टेको तथ्याङ्क लिइएको तथा नेपाल सरकारका विशिष्ट पाहुनाका लागि शुभ र सिद्धार्थ होटेललाई छनोट गरिएको बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • कर्णाली
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट टोली

  • दुई कास्य पदकमा रोकिएको नेपालको नागोया यात्रा

    दुई कास्य पदकमा रोकिएको नेपालको नागोया यात्रा

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

  • Post Thumbnail

    पुरुष डबल्स ब्याडमिन्टनको उपाधि किरन र कमलको जोडीलाई

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    उच्च शिक्षा सुधारबारे मधेसमा उच्चस्तरीय संवाद

    Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

    Post Thumbnail

    एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट टोली

    Post Thumbnail

    सीप सिकाउँदै, उद्यमी बनाइँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution