Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान (चोथोवा) निर्माण गरिएको छ
रासस ११०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १८, आईतबार (१ दिन अघि)
Post Thumbnail

भोजपुर, १८ असोजः भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान (चोथोवा) निर्माण गरिएको छ । आधुनिक जीवनशैलीका कारण मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गएसँगै संस्कृतिको संरक्षण गर्न यहाँ साकेवाथान निर्माण गरिएको हो ।

धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित बनाउन यहाँ करिब रु १४ लाखको साकेवाथान निर्माण गरिएको छ । टेम्केमैयुङ गाउँपालिकाको बजेटमा वडा कार्यालयको समन्वय तथा स्थानीयवासीको सक्रिय सहभागितामा साकेवाथान निर्माण गरिएको वडाध्यक्ष बालचन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार समुदायको पहिचानसँग जोडिएको किराँत संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सांस्कृतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको हो ।

“हामीले भौतिक पूर्वाधारसँगै सांस्कृतिक पूर्वाधारको विकासमा पनि प्राथमिकता दिएका छौँ । मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको निरन्तरता कायम गर्न साकेवाथान निर्माण गरेका हौँ”, वडाध्यक्ष राईले भन्नुभयो ।

साकेवाथान किराँत समुदायको धार्मिक आस्था र सांस्कृतिक अभ्याससँग प्रत्यक्ष रूपमा जोडिएको छ । यहाँ उधौली र उभौली पर्वका अवसरमा वर्षमा दुईपटक विशेष पूजाआजा गरिन्छ भने साकेला नाच प्रदर्शन गर्ने गरिन्छ । यी पर्व कृषि चक्रसँग सम्बन्धित रहेको र प्रकृति, भूमि तथा देवीदेवताप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको स्थानीयवासी देवकुमार राईले बताउनुभयो ।

“पहिले व्यवस्थित पूजास्थलको अभावमा उधौली, उभौलीलगायत सांस्कृतिक गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको थियो”, उहाँले भन्नुभयो, “अहिले साकेवाथान निर्माण भएपछि पूजाआजा र साकेला नाचलगायत गतिविधि व्यवस्थित रूपमा सञ्चालन गर्न सहज भएको छ ।”

साकेवाथानले समुदायमा सामाजिक एकता र सद्भाव बढाउनसमेत सहयोग पुगेको स्थानीयवासीको भनाइ छ । चाडपर्व तथा सांस्कृतिक अवसरमा विभिन्न उमेर समूहका मानिस एकै ठाउँमा भेला भएर परम्परागत संस्कृतिको अभ्यास गर्ने भएकाले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्पराबारे जानकारी गराउनसमेत सहयोग पुगेको उहाँहरू बताउनुहुन्छ ।

साकेवाथान निर्माणसँगै छिनामखुमा सांस्कृतिक गतिविधि बढ्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने स्थानीयको भनाइ छ । सांस्कृतिक महत्व बोकेको यस स्थललाई थप व्यवस्थित गरी प्रचारप्रसार गर्न सके धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि आकर्षणको केन्द्र बनाउन सकिने स्थानीयवासी जीवन राईले बताउनुभयो ।

किराँत समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको साकेवाथानलाई व्यवस्थित सांस्कृतिकस्थलका रूपमा विकास गर्दै भावी पुस्तासम्म संस्कृति हस्तान्तरण गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । वडा कार्यालयले आगामी दिनमा साकेवाथानको संरक्षण, आवश्यक पूर्वाधार विकास तथा प्रचारप्रसारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    भट्टराईको ‘कलेजी प्रेम’ विमोचित

  • Post Thumbnail

    जितिया पर्वको निराहार व्रत समापन

  • माङसेबुङमा आज च्याब्रुङ महोत्सव

    माङसेबुङमा आज च्याब्रुङ महोत्सव

  • पशुपति शर्मा र राधिका हमालको नयाँ लोकदोहोरी गीत ‘जुनकिरी’ सार्वजनिक

    पशुपति शर्मा र राधिका हमालको नयाँ लोकदोहोरी गीत ‘जुनकिरी’ सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

    चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै

    विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution