Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
इलाम

माङसेबुङमा आज च्याब्रुङ महोत्सव

लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्य
३३७६ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ १६, शनिबार (४ महिना अघि)
माङसेबुङमा आज च्याब्रुङ महोत्सव

इलाम, १६ जेठः लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (केःलाङ प्रदर्शन) हुँदैछ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ–१ स्थित गजुरमुखी धाममा एकदिने महोत्वस आयोजना गर्न लागिएको हो ।

महोत्सवमा सांस्कृतिक झाँकीसहित आदिवासी लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गर्ने, धाननाच (याःलाङ), पालाम, हाक्पारेलगायतको प्रस्तुतिसहित र सांस्कृतिक पोसाकहरुको प्रदर्शनी रहने किरात याक्थुङ चुम्लुङ माङसबुङ अध्यक्ष मनरस लिम्बूले जानकारी दिनुभयो । महोत्सवमा ५०० बढी च्याब्रुङ एकसाथ प्रदशर्न गरिने उहाँले बताउनुभयो ।

“केलाङ केवल नात वा बाजा मात्र होइन, यो लिम्बू समुदायको इतिहास, सभ्यता र सांस्कृतिक पहिचानसँग जोडिएको अमूल्य सम्पदा हो”, अध्यक्ष लिम्बूले भन्नुभयो, “युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै यसको संरक्षण र पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता रहेकाले हामीले महोत्सव आयोजना गर्न लागेका हौँ ।”

महोत्सवमा च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत सांस्कृतिक कला प्रस्तुति र लिम्बू पोसाक प्रदर्शनी गरिनेछ । “कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्न ५०० बढी च्याब्रुङ नृत्य (केःलाङ) सहितको सांस्कृतिक कलाहरु रहनेछन्”, अध्यक्ष लिम्बूले भन्नुभयो । उहाँका अनुसार तागा (पुरुषले लगाउने सांस्कृतिक पोसाक) र मेख्ली (महिलाले लागाउने सांस्कृतिक पोसाक) पनि प्रदर्शन गरिनेछ ।

धार्मिकस्थल गजुरमुखी धाम परिसरमा हुने महोत्सवमा इलामको १० वटा स्थानीय तहसहित झापा र पाँचथरका किरात याक्थुङ चुम्लुङको सहभागिता रहनेछ । नयाँ र पुराना पुस्ता मिलेर पुख्र्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सचिव असिम योङहाङले बताउनुभयो ।

महोत्सव आयोजना गर्न माङसेबुङ गाउँपालिकाले रु सात लाख सहयोग उपलब्ध गराएको छ । स्थानीय जातजातिको कला, संस्कृति र पहिचानको संरक्षणमा माङसेबुङ गाउँपालिकाको प्राथिमकता रहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो ।

च्याब्रङ नाच (केःलाङ) को आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकार मोहनसिंह थेवे बताउनुहुन्छ । च्याब्रङ नाच (केःलाङ) विभिन्न जनावर र पशुपक्षीको अभिनय गर्दै समेत नाच्ने गरिन्छ । च्याब्रङ नाच (केःलाङ) मा परिवेशअनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ । लिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाच्दै आएको च्याब्रङ नाच (केःलाङ) लाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय सङ्घसंस्थाहरुल् प्रयास गर्दै आएका छन् । यद्यपी, राज्यले लगानी र संरक्षणका लागि चासो र तदारुकता नदेखाएको उनीहरुको गुनासो छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या तीन लाख ५९ हजार ३७९ रहेकामा इलाममा मात्र ४५ हजार सात रहेको छ ।

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution