
काठमाडौँ । चर्चित गायक गायिका पशुपति शर्मा र राधिका हमालको मौलिक लोकदोहोरी गीत ‘जुनकिरी’ सार्वजनिक भएको छ । रोमान्टिक लोकदोहोरी शैलीमा तयार गीतमा शब्द तथा सङ्गीत गायिका हमालकै रहेको छ ।
बबिनसिंह ठकुरी र सफल पुनमगरले अभिनय गरेको गीतको म्युजिक भिडियोमा गायक गायिका पशुपति र राधिका पनि देखिएका छन् । थुप्रै कोरस प्रयोग भएको गीतको भिडियोमा कलाकारहरूले पनि मौलिक तथा आधुनिक नेपाली पहिरनमा प्रयोग गरेका छन् । भिडियोमा माया प्रेम र ठट्टा देखाउन खोजिएको छ ।स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन रहेको भिडियोमा राजेश घिमिरेको छायाङ्कन र नवीन घर्तीमगरको सम्पादन छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |