
काठमाडौँ, १७ असोजः काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना न्यूनीकरणमा सवारी चालक, ट्राफिक प्रहरी र आम नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज यहाँ ‘सुरक्षित समाज, सुदृढ समाजः डेटामा आधारित सुशासनको अनुभव आदानप्रदान’ शीर्षकमा आयोजित छलफलमा उहाँले चालकको लापरवाहीले चालक स्वयंका साथै परिवार र अन्य सडक प्रयोगकर्ताको जीवनमा समेत गम्भीर असर पार्ने भएकाले सवारी सञ्चालनमा जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
सडक सुरक्षासम्बन्धी भारतका जानकार वेङ्कटेश वालासूत्रपणीयनले चालक सचेत एवं जिम्मेवार र भएमा सडक दुर्घटना घटाउन सकिने बताउनुभयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतका प्रहरी अधिकृत र सञ्चारकर्मीको सहभागी थिए ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |