Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ दिन अघि)
कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी, १७ असोजः गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले मालढुङ्गाबाट घाँसासम्म करिब ५० किलोमिटर दूरीमा ४६ भन्दा बढी ठाउँमा सडक अवरुद्ध बनाएको थियो ।

मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानी र पर्वतको मालढुङ्गाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी यातायात सञ्चालन भएको छ । रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह र स्विचयार्ड परिसरमा रहेको ‘ग्यान टिटावर’ हटाउन भएको ढिलाइ र मौजुदा इन्धन सकिएपछि मर्मतमा चुनौती सिर्जना भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो ।

“तिल्केनीचौर-पोखरेबगर खण्डमा पहिरो पन्छाउने, पहाड काट्ने र फिलिङ गर्न डोजर, लोडर, ब्याकहो लोडर, टिप्पर चलाउन डिजेलको अभाव भएको छ”, उहाँले भन्नुभयो, “तिल्केनीचौरमा टावर हटाउन भएको ढिलाइले दुई दिनदेखि सडक बनाउने काम प्रभावित बनेको छ ।”

मुस्ताङतर्फबाट इन्धन ढुवानी गर्न अन्तरजिल्ला समन्वय, टावर हटाउन राहुघाट जलविद्युत् आयोजनामार्फत माथिल्लो निकायमा पहल र उच्चस्तरीय टोलीबाट पहिरो प्रभावित सडकको निरीक्षण गरेर सहजीकरण भएको प्रमुख शर्माले उल्लेख गर्नुभयो ।

रघुगङ्गाको पिप्ले-भगवती-बेग हुँदै बेगखोला जोड्ने वैकल्पिक बाटो खुलाएर साना सवारी सञ्चालन र इन्धन ढुवानीका लागि काम भइरहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । सडक विभागका महानिर्देशक डा विजय जैसीसहितको प्राविधिक टोलीले शुक्रबार पहिरोबाट प्रभावित सडकको निरीक्षण गरेर मर्मतका लागि स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजबहादुर विष्टले टावर हटाउने विषयमा आफ्नो तहबाट निर्णय गर्न नसकिने भएकाले माथिल्लो निकायको स्वीकृति लिनुपर्ने बाध्यता रहेकाले सोका बारेमा जानकारी नबुझी सुरक्षाकर्मी परिचालन नगर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

तिल्केनीचौरमा राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृहबाट पानी फाल्न बनाइएको ‘टेलरेस डक’, सडक, निर्माण कम्पनीका उपकरण तथा क्याम्पमा बाढीले कटान गरेर क्षति पुर्‍याएको छ । राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ र रातोपानीमा सडक कटान गरेको छ भने पोखरेबगरको सडक पुलको पहुँचमार्ग बाढीले बगाएको छ ।

रसुवा र तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि एक मात्र विकल्प बनेको कोरला नाकासँगको यातायात सम्पर्क पनि सडक अवरुद्ध भएपछि टुटेको छ । मुख्य याममा पर्यटकीय गतिविधि ठप्प भएकाले बेनी-जोमसोम सडक खुलाउन सरकारले उच्च प्राथमिकता दिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • पर्वत
  • मुस्ताङ
  • म्याग्दी
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

    थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

  • तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

  • Post Thumbnail

    नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

  • Post Thumbnail

    कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    Post Thumbnail

    कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

    Post Thumbnail

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution